खड़गपुरमा पुट्टी श्रीरामुलुको प्रतिमाको अनावरण
खड़गपुरमा पुट्टी श्रीरामुलुको प्रतिमाको अनावरण


खड़गपुर, 09 नोभेम्बर (हि. स.)। जय तेलुगु थल्लिको उद्घोष सहित पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुरस्थित आन्ध्र हाई स्कूल परिसरमा पुट्टी श्रीरामुलुको प्रतिमाको भव्य अनावरण समारोह सम्पन्न भयो। यो आयोजन आन्ध्र प्रदेश गठन दिवस (आन्ध्रा दिवस)-को अवसरमा गरिएको थियो। कार्यक्रमको संचालन आन्ध्र यंग मेन्स एसोसिएशन, पश्चिम बंगाल तेलुगु जाति ऐक्य वेदिका (खड़गपुर) तथा समैका भारती आन्ध्र प्रदेशद्वारा संयुक्त रूपमा गरिएको थियो।

कार्यक्रमको शुभारम्भ पारंपरिक तेलुगु परम्परा अनुसार गरियो। अतिथिहरूले पुट्टी श्रीरामुलुको चित्रमा पुष्पाञ्जली अर्पण गरी उनलाई श्रद्धाञ्जली दिए अनि भने, उनले तेलुगु भाषा र संस्कृतिको लागि दिएको बलिदान देशभरिका मानिसहरूको लागि प्रेरणाको श्रोत हो।

खड़गपुरमा तेलुगु समाजको उपस्थिति विशेष रूपमा उल्लेखनीय छ। यहाँ ठूलो संख्यामा तेलुगु भाषी परिवारहरू बसोबास गर्दछन् जसको रेलवे, शिक्षा एवं सामाजिक सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान रहिआएको छ। आन्ध्र हाई स्कूल खड़गपुर वर्षौंदेखिको तेलुगु समुदायका नानीहरूलाई शिक्षा र संस्कृतिसित जोड़्ने एउटा केन्द्र बनेको छ।

तेलुगु समाजले सदैव सेवा कार्यहरूलाई प्रोत्साहन दिने, समाजमा सद्भाव र सहयोगको भावनालाई शकत् बनाउनमा अग्रमी भूमिका निभाएको छ। समारोहमा सामेल वक्ताहरूले भने, आगामी दिनमा तेलुगु समाजले समाज निर्माणमा व्यापक रूपमा भाग लिनेछ। समारोहमा सांस्कृतिक प्रस्तुति एवं देशभक्ति गीतहरूले वातावरण गुञ्जयमान भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande