करेन्टको चपेटमा परी दुई दाज्यु-भाइको मृत्यु, शवलाई सड़कमा राखेर गरे प्रदर्शन
करेन्टको चपेटमा परी दुई दाज्यु-भाइको मृत्यु, शवलाई सड़कमा राखेर गरे प्रदर्शन


टोंक, 9 नोभेम्बर (हि.स.)। पिपलु थाना क्षेत्रको बलखण्डिया गाउँमा आइतवार बिहान भएको एक दुर्घटनामा दुई दाज्यु-भाइको करेन्टको चपेटमा परेर मृत्यु भयो। घटना त्यसबेला भएको हो जतिबेला खेतमा काम गरिरहेका दुईदाज्यु-भाइ बाटोमा चुँड़िएर झरेको बिजुलीको तारको चपेटमा परे। दुर्घटनापछि गाउँमा शोक अनि आक्रोश फैलिएको छ। मृतकहरूको पहिचान रामनारायण (35) पुत्र मंगला बलाई र हरलाल (26)-को रूपमा गरिेको छ।

दुई दाज्यु-भाइ सदा जस्तै खेतमा काम गर्न गइरहेका थिए। यी दुई भोपता नालाको छेउमा निर्मित सुक्खा नहर भएर गइरहेका थिए जहाँबाट एग्रीकल्चर बिजुली लाइन गुज्रिएको छ। यस लाइनको तीनैवटा तार चुँड़िएर भुइँमा झरेको थियो। अँध्यारो अनि लापरवाहीको कारणले दुई भाइ तारको चपेटमा परे अनि घटनास्थलमै उनीहरूको मृत्यु भयो।

घटनाको कारणले ग्रामीणहरूमा आक्रोश व्याप्त भएको छ। ग्रामीणहरूले दुवै शवलाई स्थलस्थलमा राखेर प्रदर्शन गर्न थाले। उनीहरूले बिजुली निगममाथि गम्भीर आरोप लगाउँदै भने, केही दिनदेखिको तार चुँड़िएर झरेको थियो, तर कसैले चासो देखाएन। मानिसहरूले माग गरे, मृतकहरूको आश्रितहरूलाई क्षतिपूर्ति राशि, सरकारी नोकरी र दोषी अधिकारीहरूविरूद्ध कारबाही गरियोस्।

घटनाको सूचना पाएर पिपलु डीएसपी अरविन्द, पिपलु र झिराना थाना प्रभारी, एसडीएम गणराज बड़गोती, बिजुली निगमका एसई के.एल. पटेल, एक्सईएन मोहर सिंह मीणा, संयुक्त खण्ड विकास अधिकारी प्रभुलाल सहित केही अधिकारीहरू घटनास्थलमा पुगे। पुलिस र प्रशासनको पक्षबाट ग्रामीणहरूलाई सम्झाइए पनि मानिसहरू आफ्नो मागमा अडिग बसेका छन्। दुर्घटना भएको घण्टौं बितिसक्दा पनि शव घटनास्थलमै छ। ग्रामीणहरू र प्रशासनमाझ अहिलेसम्म पोस्टमर्टमलाई लिएर सहमति कायम भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande