आईआईटी खड़गपुरमा ‘फील ह्यापियर, परफर्म बेटर’ कार्यशाला आयोजित
आईआईटी खड़गपुरमा ‘फील ह्यापियर, परफर्म बेटर’ कार्यशाला आयोजित


खड़गपुर, 09 नोभेम्बर (हि. स.)। आईआईटी खड़गपुरमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास र मानसिक सशक्तिकरणको उदेश्यले “फील ह्यापियर, परफर्म बेटर” नामक विशेष पायलट कार्यशालाको आयोजन गरियो। यो कार्यशाला आइतवार रेक्खी सेन्टर अफ एक्सीलेन्स फर द साइन्स अफ ह्याप्पीनेसमा आयोजना गरियो।

यस सत्रको नेतृत्व डा. सत्य श्रीराम, अतिथि प्राध्यापक, आईआईटी मद्रास एवं वैश्विक अनुभवले सम्पन्न वरिष्ठ प्रबन्धन विशेषज्ञले गरे। उनीहरूले विद्यार्थीहरूलाई जीवनमा अलिकति बिसाएर आत्मचिन्तन गर्ने र यो बुझ्नको लागि प्रेरित गरे कि साँचो खुशीले एकाग्रता एवं प्रदर्शनलाई किन संचालन गर्दछ।

कार्यशालामा विद्यार्थीहरूले विभिन्न चिन्तन आधारित गतिविधिहरूमा भाग लिए जसको उदेश्य आत्म-जागरूकता र भावनात्मक सन्तुलनलाई प्रोरित गर्नु थियो। यो पहलले आईआईटी खड़गपुरको त्यस प्रतिबद्धतालाई दर्शाउँछ जसान्तर्गत संस्थानले बौद्धिक उत्कृष्टतासँगसँगै भावनात्मक दृढ़ता र समग्र विकासलाई पनि समान महत्व दिन्छ।

यस सफल पायलट कार्यक्रमको साथमा आईआईटी खड़गपुर एउटा यस्तो परिसर-संस्कृतिको दिशामा अग्रसर भएको छ जहाँ हरेक विद्यार्थी अधिक प्रसन्न, सन्तुलित र प्रेरित रहन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande