परम पावन क्याब्जे तिङ्गकी गोन्जाङ रिम्पोछे वैश्विक शान्ति प्रार्थनामा सहभागी बने
परम पावन क्याब्जे तिङ्गकी गोन्जाङ रिम्पोछे


गान्तोक, 9 नोभेम्बर (हि.स.)। परम पावन क्याब्जे तिङ्गकी गोन्जाङ रिम्पोछेले भुटानमा आज आयोजित 'वैश्विक शान्ति प्रार्थना महोत्सव 2025' मा भाग लिए। रिम्पोछेलाई भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोप्गेले महोत्सवमा सहभागिताको लागि निमन्त्रणा पत्र पठाएका थिए। उक्त जानकारी आज धर्म विभागले एक प्रेस विज्ञप्तिमा दिएको छ।

विज्ञप्ति अनुसार, 6 नोभेम्बरका दिन क्याब्जे रिम्पोछे धर्म विभागका अनुसन्धान अधिकारी/सहायक निदेशक डा. हिस्से वाङ्गचुक भोटियालगायत गोन्जाङ गुम्पाका डुङ्गसे तेन्पाई निमा र भिक्षु परिचारकहरूसॅंग थिम्पु, भुटान पुगे। 7 नोभेम्बर, 2025 सॉंझ रिम्पोछेको भेट भुटानका राजा मिवाङ छोग्याल छेन्पो जिग्मी खेसर नामग्याल वाङ्गचुक, पॉंचौं ड्रुक ग्याल्पो र शाही परिवारसॅंग शाही निवासमा भयो।

यसैगरी, 8 नोभेम्बरका दिन क्याब्जे रिम्पोछे बुद्ध पार्क घुम्न गए, जहॉं भव्य ग्याशी पूजा आयोजना गरिएको थियो। पूजामा रिम्पोछे र डुङ्गसे तेन्पाई निमाले सिक्किमे जनता र चेतनशील प्राणीहरूको कल्याणको लागि प्रार्थना गरे। यसपछि, रिम्पोछेले ताशिछो जोङ किल्लाको भ्रमण गरे।

रिम्पोछे आज निङ्गमा परम्परामा वैश्विक शान्ति प्रार्थनामा सहभागी बने र उच्च पदस्थ रिम्पोछेहरूका साथमा अध्यक्षता गरे। क्याब्जे रिम्पोछे आगामी 13 नोभेम्बरका दिन सिक्किम फर्किनेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande