आपराधिक घटनालाई परिणाम दिन अगावै पाँच उपद्रवी पक्राउ
आपराधिक घटनालाई परिणाम दिन अगावै पाँच उपद्रवी पक्राउ


सिलगढ़ी, 09 नोभेम्बर (हि.स.)। प्रधान नगर थानाको पुलिसले आपराधिक घटनालाई परिणाम दिन अगावै पाँचजना उपद्रवीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने उपद्रवीहरूमा निखिल पासवान, सञ्जोक थापा, गणेश खत्री, शैल राय औ छिरिंग दर्जी सामेल छन्। यीमध्ये तीनजना युवकहरूको सिक्किमका हुन् भने एकजना सिलगढ़ीको अनि एकजना कालेबुङको हो।

प्रधान नगर थानाको पुलिसले गए शनिवार अबेर राती गस्ती गरिरहेको थियो। यसै अवधि पुलिस टीमलाई गुप्त सूचना प्राप्त भयो, बीआरआई कलोनी क्षेत्रमा केही संदिग्धहरूलाई देखिएको छ। त्यसपछि तत्काल कारबाही गर्दै सबै उपद्रवीहरूलाई समातेर पालै-पालो जाँचबुझ गरियो। पुलिसलाई शंका लागेपछि सबैको जाँच गरियो जसमा केही धारिलो हतियार भेटियो। त्यसपछि पुलिसले सबै उपद्रवीहरूलाई पक्राउ गऱ्यो।

पुलिसको प्राथमिक अनुमानमा पाँचै उपद्रवीहरू कुनै ठूलो आपराधिक घटनालाई परिणाम दिन भेला भएका थिए। प्रधान नगर थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande