
कोलकाता, 13 दिसम्बर (हि.स.)। अर्जेन्टीनालाई 2022 फीफा विश्व कप जिताउने कप्तान एवं आठ पल्टका बैलन डी’ओर विजेता लियोनेल मेसी एक पल्ट फेरि भातको धरतीमा फर्केका छन्। मेसी शनिवार 13 दिसम्बर 2025 बिहान कोलकाता पुगे औं यसका साथै उनको बहुप्रतीक्षित ‘GOAT टूर अफ इण्डिया’ को शुरुआत भयो।
लगभग 14 वर्षपछि भारत आएका मेसी आफ्नो यस दौड़ाहमा देशका चार प्रमुख शहरहरू- कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्लीको दौड़ाह गर्नेछन्। यस टूरमा फुटबल प्रेमीहरूका लागि धेरै खास कार्यक्रम आयोजित गरिनेछ।
मेसीको साथ उनको क्लब टीम इन्टर मियामीका स्टार खेलाड़ी रोड्रिगो डी पल र लुइस सुआरेज पनि भारत दौड़ाहमा आएका छन्। मेसीको एक झलक पाउन फ्यान्समा जोडदार उत्साह देखिएको छ, खासगरी कोलकातामा जसलाई भारतको फुटबल राजधानी पनि भनिन्छ। मेसीको यो दौड़ाह भारतीय फुटबलका लागि एतिहासिक मानिन्दैछ र यसबाट देशमा फुटबलले नयाँ उर्जा पाउने अनुमान छ।
हिन्दुस्थान समाचार / भवानी थामी