तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक
तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक


खरसाङ, 4 दिसम्बर (हि.स.)। तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरिएको छ। तीनधारेको मिठाईडाँडास्थित खेल मैदानमा आज आयोजित एक कार्यक्रममा तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरियो।

युनाइटेड तीनधारे स्पोर्टस् एसोसिएशनको आयोजनामा सम्पन्न गरिने उक्त तीनधारे गोल्ड कप फुटबल टुर्नामेन्ट यसपाली आगामी 14 दिसम्बरदेखि शुरु हुने भएको छ। गत वर्ष यही खेल‌ मैदानमा तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको आयोजना गरिएको थियो भने यसपाली तीनधारे गोल्ड कपको आयोजना गरिने भएको छ।

यस अवसरमा एसोसिएशनका पदाधिकारीहरु उपस्थित थिए।टुर्नामेन्टमा दार्जिलिङ, खरसाङ, कालेबुङ, सिलगढी गरी जम्मा 16 वटा टिमहरुले‌ सहभागिता जनाउने जानकारी एसोसिएशनका मूल सचिव रञ्जित थापा र मुख्य संरक्षक एवं क्षेत्रीय सभासद नवराज छेत्रीले पत्रकारहरुलाई जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande