अवैध हतियार र गोला-बारूदको तस्करी मामिलामा मुख्य आरोपी पटनाबाट पक्राउ
एन


नयाँ दिल्ली, 17 दिसम्बर (हि.स.)। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उत्तर भारतका धेरै राज्यहरूमा फैलिएको अवैध हतियार र गोलाबारुद तस्करी मुद्दाका मुख्य अभियुक्त कमलकान्त वर्मा उर्फ अंकल जीलाई पटनाबाट पक्राउ गरेको छ। कमलकान्त यस मुद्दामा पक्रा पर्ने 11औं अभियुक्त हुन्।

एनआईएले कमलकान्त वर्माले यस तस्करी सिन्डिकेटमा प्रमुख भूमिका खेलेको बताएको छ। उनले हरियाणा र अन्य ठाउँका गन हाउसबाट अवैध रूपमा गोलाबारुद खरिद गर्थे औं उत्तर प्रदेश, बिहार र देशका अन्य भागहरूमा आपूर्ति गर्नेगर्थे। यस मुद्दामा उनको गिरफ्तारी महत्त्वपूर्ण छ।

उल्लेख्य, एनआईएले 04 दिसम्बरमा उत्तर प्रदेश, बिहार र हरियाणाका 23 स्थानमा छापा मारेर अन्य चार अभियुक्तहरू: रवि रंजन, शशि प्रकाश, विजय कालरा र कुश कालरालाई पक्राउ गरी उनीहरूदेखि प्रचुर मात्रामा हतियार र गोलाबारुद जफत गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande