ईडीको ड्रीम-इलेवनसित सम्बन्धित अनुरागका ठेगानाहरूमा छापामारी
ईडी


उन्नाव, 17 दिसम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले बुधवार उत्तर प्रदेशको उन्नाव जिल्लामा अनुराग द्विवेदीको ठेगानाहरूमा छापा माऱ्यो। अनुराग ड्रीम इलेवनसित जोड़िएको थियो। यो कारबाही आयभन्दा अधिक सम्पत्ति र कथित जुवासित जोड़िएको मामिलामा गरियो।

दश वटा गाड़ीमा आइपुगेको 16 सदस्यीय ईडी टोलीले अनुरागको पुर्ख्यौली गाउँ भितरेपार खजुर र नवाबगंज शहरमा एकैसाथ छापा माऱ्यो। यद्यपि, अनुराग द्विवेदी घरमा थिएनन्। टोलीले उनको निवासमा कागजातहरू र सम्पत्तिसँग सम्बन्धित कागजातहरूको जाँच गऱ्यो। त्यसपछि टोलीले शहरमा बस्ने उनका काका नपेन्द्र नाथ द्विवेदीसित सोधपुछ गर्योत र उनको घरको छानबीन गर्योन। यद्यपि, ईडीका कुनै पनि अधिकारीले छापा मारेको आधिकारिक रूपमा पुष्टि वा बयान दिएका छैनन्। टोलीको कारबाही पूर्ण रूपमा गोप्य राखिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande