
भाेपाल, 19 दिसम्बर (हि.स.)। देशका महान स्वतन्त्रता सेनानी, काकाेरीकाण्डका महानायक, महान क्रान्तिकारी रामप्रसाद बिस्मिल, अशफाकउल्ला खाँ औ रोशन सिंहको आज शुक्रवार बलिदान दिवस हो। आजकै दिन अर्थात 19 दिसम्बर, 1927-मा तीनै महानायकहरूलाई फाँसीको सजाय दिइएको थियो। मध्य प्रदेशका मुख्यमन्त्री डाा. माेहन यादवले यस अवसरमा तीनै महान सेनानीहरूलाई स्मरण गर्दै विनम्र श्रद्धाञ्जली अर्पण गरेका छन्।
मुख्यमन्त्री डा. यादवले साेशल मीडिया एक्सको पाेस्टमा लेखे, अमर शहीद रामप्रसाद बिस्मिलजी, अशफाकउल्ला खाँजी औ रोशन सिंहजीलाई बलिदान दिवसमा विनम्र श्रद्धाञ्जली अर्पित गर्दछु। मातृभूमिको स्वतन्त्रताको अटल संकल्पको लागि सर्वस्व न्यौछावर गरी अमर शहीदहरूले सम्पूर्ण राष्ट्रलाई जागृत गराए। उनीहरूको ऋणबाट राष्ट्र कहिल्यै पनि उऋण हुन सक्नेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा