
बाँकुड़ा, 19 दिसम्बर (हि.स.)। विष्णुपुरको एक नम्बर क्याम्प क्षेत्रमा गए बिहीवार अबेर राती एक सन्त्राषपूर्ण घटना घटेको प्रकाशमा आएको छ जहाँ लरी चालकले सानो कार चालकको कलर समातेर उसलाई लगभग दुई किलोमीटरसम्म घिसार्दै लग्यो। गम्भीर रूपमा घाइते कार चालकलाई विष्णुपुर सुपर स्पेशलिटी अस्पतालमा भर्ती गरिएको छ। घटनापछि क्षेत्रमा व्यापक तनाउ फैलिएको छ।
प्राप्त जानकारी अनुसार एक नम्बर क्याम्प क्षेत्रमा सड़क किनारमा रहेको एउटा सानो कारको पछाड़ि एउटा लरीले ठक्कर दियो। ठक्कर पश्चात दुवै चालकमाझ भनाबैरी भयो। आरोप छ, यसै अवधि लरी चालकले कार चालकको कलर समात्यो अनि लरी चलाउँदै 60 नम्बर राष्ट्रिय राजमार्गमा लगभग दुई किलोमीटरसम्म उसलाई घिसाऱ्यो।
घटनाको जानकारी पाउनसाथ स्थानीय मानिसहरू आक्रोशित भए अनि लरी चालकलाई समातेर कुटे। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो। घाइते कार चालकलाई तत्कालै अस्पतालमा भर्ती गरियो भने आरोपी लरी चालक अनि त्यसको खलासीलाई पुलिसले हिरासतमा लियो।
स्थानीयहरूको आरोप छ, लरी चालक मातेको थियो। प्रत्यक्षदर्शीहरूको भनाइ छ, यदि चालक नमातेको भए यसरी एकजना मानिसलाई गुड़िरहेको वाहनबाट घिसार्नु सम्भव थिएन। मानिसहरूले आरोपीविरूद्ध कड़ाभन्दा कड़ा कारबाही गर्ने माग गरेका छन्।
पुलिसले बतायो, दुवै वाहन एक नम्बर क्याम्प क्षेत्रको रहेको बताइँदैछ। मामिलाको जाँच शुरू गरिएको छ र आरोपीविरूद्ध कड़ा कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा