बंगाल भ्रमणलाई लिएर प्रधानमन्त्रीको ट्वीटमा तृणमूलको प्रतिक्रिया
बंगाल भ्रमणलाई लिएर प्रधानमन्त्रीको ट्वीटमा तृणमूलको प्रतिक्रिया


कोलकाता, 20 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको शनिवार रानाघाटमा हुने ऱ्यालीअघि आरोप-प्रत्यारोपको क्रम जारी छ। प्रधानमन्त्री मोदीको एक सोशल मिडिया पोस्टको जवाफमा तृणमूल कांग्रेसले प्रतिक्रिया जनाएको छ। पार्टीले केन्द्र सरकारमाथि बंगालसित भेदभावको आरोप लगाएको छ।

प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेर भनेका थिए, शनिवार 20 दिसम्बर दिउॅंसो रानाघाटमा भाजपाको ऱ्यालीलाई सम्बोधित गर्नेछु। पश्चिम बंगालका मानिसहरू केन्द्र सरकारको जनहितकारी योजनाहरूबाट लाभान्वित भइरहेका छन्, तर तृणमूल कांग्रेसको कुशासनका कारण हर क्षेत्रमा पीड़ित छन्। उनले तृणमूल कांग्रेसको लूट र धम्कीले सबै सीमाहरू पार गरिसकेको आरोप लगाउॅंदै भाजपा अब जनताको आशा बनेको उल्लेख गरेका छन्।

यसको जवाफमा तृणमूल कांग्रेसले शुक्रवार राति आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट मोदीलाई 'मन की बात प्रधानमंत्री' भन्दै तीखो प्रतिक्रिया दिएको छ। तृणमूल कांग्रेसले केन्द्र सरकारमाथि बंगालको लगभग दुई लाख करोड़ रूपियॉं रोकेर राखेको आरोप लगाएको छ भने 2017-18 देखि 2023-24 सम्म राज्यबाट साढ़े छ लाख करोड़ रूपियॉंभन्दा धेरै जीएसटी र प्रत्यक्ष कर सङ्कलन गरिएको दाबी गरेको छ। पार्टीले पीएम मोदीमाथि बंगालको सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत प्रतीकहरूको अपमान गरेको पनि आरोप लगाएको छ।

अर्कातिर, तृणमूल कांग्रेसले भनेको छ, 'बंगाल अतिथिहरूलाई स्वागत गर्दछ।' पार्टीले गत वर्ष देशमा दोस्रो सर्वाधिक विदेशी पर्यटक बंगालमा आएको र प्रधानमन्त्रीलाई पनि स्वागत गर्दछ भनी गर्वका साथ उल्लेख गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande