लोकसभाको कार्यवाही अनिश्चितकालका लागि स्थगित
Lok sabha


नयाँ दिल्ली, १९ दिसम्बर (हि.स.)। लोकसभाको कार्यवाही शुक्रबार अनिश्चितकालका लागि स्थगित गरिएको छ। सदनको कार्यवाही १ दिसम्बरबाट शुरु भएको थियो। आज बिहान ११ बजी कार्यवाही शुरु हुँदा लोकसभा अध्यक्षले आफ्नो सन्देशमा १८औँ लोकसभाको छैटौँ सत्रमा १५ बैठक सम्पन्न भएको जानकारी दिए। उनले यस सत्रको उत्पादकता १११ प्रतिशत रहेको बताए। त्यसपछि ‘वन्दे मातरम्’ सँगै लोकसभाको कार्यवाही अनिश्चितकालका लागि स्थगित गरियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सदनमा उपस्थित थिए। संसदको शीतकालीन सत्र समाप्त भएपछि लोकसभा अध्यक्ष ओम बिरलाले आफ्नो कक्षमा विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूसँग भेटघाट गरे।

उल्लेखनीय छ, यस सत्रमा धेरै महत्वपूर्ण विधेयकहरू पारित गरिएका छन्। यसमा परमाणु ऊर्जा तथा मनरेगासँग सम्बन्धित विधेयकहरू समावेश छन्। यसका अतिरिक्त सदनमा ‘वन्दे मातरम्’ का १५० वर्ष पूरा भएको अवसर र निर्वाचन सुधारसम्बन्धी विषयमा पनि विस्तृत छलफल भयो। १८औँ लोकसभाको छैटौँ सत्र १ दिसम्बरबाट शुरु सुरु भएको थियो, जसअन्तर्गत १५ बैठक सम्पन्न भए। सत्रको कुल बैठक समय ९२ घण्टा २५ मिनेट रहेको थियो। यस अवधिमा १० सरकारी विधेयक प्रस्तुत गरिए र ८ विधेयक पारित गरिए।

पारित विधेयकहरूमा मणिपुर वस्तु तथा सेवा कर (दोस्रो संशोधन) विधेयक, केन्द्रिय उत्पादन शुल्क (संशोधन) विधेयक, राष्ट्रिय सुरक्षा उपकर विधेयक, विनियोग (संख्या–४) विधेयक, निरसन तथा संशोधन विधेयक, ‘सबका बीमा सबकी रक्षा’ (बीमा कानुनमा संशोधन) विधेयक, भारतको रूपान्तरणका लागि परमाणु ऊर्जाको दिगो उपयोग तथा विकास विधेयक, तथा ‘विकसित भारत–रोजगारको ग्यारेन्टी एवं आजीविका मिशन (ग्रामीण): वीबी-जी राम जी’ विधेयक समावेश छन्।

प्रधानमन्त्रीले राष्ट्रिय गीत ‘वन्दे मातरम्’ का १५० वर्ष पूरा भएको अवसरमा विशेष चर्चा प्रारम्भ गरे। यस विषयमा सदनमा ११ घण्टा ३२ मिनेटसम्म छलफल भयो, जसमा ६५ सांसदहरूले भाग लिए। त्यस्तै ‘निर्वाचन सुधार’ विषयमा ९ र १० डिसेम्बरमा करिब १३ घण्टासम्म छलफल भएको थियो, जसमा ६३ सदस्य सहभागी भए।

सत्रको अवधिमा ३०० तारांकित प्रश्नहरू स्वीकार गरिए र ७२ तारांकित प्रश्नहरूको मौखिक उत्तर दिइयो। साथै ३,४४९ अतारांकित प्रश्नहरू पनि स्वीकार गरिए। शून्यकालका क्रममा सांसदहरूले ४०८ अत्यावश्यक सार्वजनिक महत्वका विषयहरू उठाए र नियम ३७७ अन्तर्गत ३७२ विषयहरूमा विचार गरियो। विशेषगरी ११ डिसेम्बरमा शून्यकालका दौरान १५० सांसदहरूले आफ्ना विषयहरू सदनमा उठाएका थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande