यूपीमा प्रत्येक माफियाको सम्बन्ध सपा सँग छ : योगी आदित्यनाथ
Cm yogi


लखनऊ, १९ दिसम्बर (हि.स.)। कोडिन कफ सिरप प्रकरणलाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज समाजवादी पार्टी (सपा) माथि फेरि गम्भीर आरोप लगाएका छन्। उनले भने, सबैलाई थाहा छ, प्रत्येक माफियाको सम्बन्ध समाजवादी पार्टीसँग छ।

शुक्रबार विधानसभाको कार्यवाही शुरु हुनु अघि विधान भवनस्थित मिडिया सेन्टरमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले भने, कफ सिरप प्रकरणमा सरकारको जांच जारी छ। अहिलेसम्म पक्राउ परेका व्यक्तिहरूका तार समाजवादी पार्टीसँग जोडिएका छन्। उनले भने, “जांच हुन दिनुहोस्, दूधको दूध र पानीको पानी स्पष्ट हुनेछ।”

कोडिन कफ सिरप प्रकरणमा सपाद्वारा गरिएको विरोधबारे मुख्यमन्त्री योगीले भने, यो एनडीपीएस ऐनअन्तर्गत पर्ने औषधि हो। जाडो र खोकीका लागि कोडिन प्रयोग गरिन्छ। यसको आवंटन सेन्ट्रल नार्कोटिक्स ब्युरोले गर्छ, तर यही कफ सिरप धेरै स्थानमा नशाको रूपमा प्रयोग भइरहेको थियो। अवैध तस्करीको गुनासो आएपछि सरकारले कारबाही गरेको उनले बताए। यो कारबाही यूपी सरकार, यूपी पुलिस र एफएसडीएद्वारा गरिएको हो।

उनले धेरै स्थानबाट तस्करहरू पक्राउ परिसकेको जानकारी दिँदै प्रारम्भिक जांचमा हरेक माफियाको सम्बन्ध समाजवादी पार्टीसँग रहेको कुरा बाहिर आएको बताए। एसटीएफले पक्राउ गरेका व्यक्तिहरूका सम्बन्ध पनि सपासँग रहेको उनले दाबी गरे। यस प्रकरणको निगरानी राज्यस्तरीय एसआईटीले गरिरहेको छ। अवैध तस्करीसँग जोडिएका सबै महत्वपूर्ण पक्ष पैसा कसको हातमा गयो, सबैको जांच भइरहेको छ। कोडिन कफ सिरप प्रकरणमा सरकार विधानसभाभित्र र बाहिर दुवै स्थानमा जवाफ दिने उनले स्पष्ट पारे।

मुख्यमन्त्रीले एक विधायकको निधन भएकाले आज शोक व्यक्त गरेपछि विधानसभा नचल्ने जानकारी पनि दिए। विधान परिषदमा सरकारका नेता यस विषयमा जवाफ दिनेछन्। उनले कडा कारबाही गरिने पनि दोहोर्‍याए।

कोडिन कफ सिरप प्रकरणमा अखिलेश यादवको आक्रामक अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै मुख्यमन्त्री योगी आदित्यनाथले गालिबको शेर उद्धृत गर्दै कटाक्ष गरे। उनले भने, “उम्र भर ग़ालिब यही भूल करता रहा, धूल चेहरे पर थी आईना साफ करता रहा।”

मुख्यमन्त्री योगी आदित्यनाथले आजबाट विधानसभा सत्र शुरू भएको बताउँदै सबै सहभागीहरूको स्वागत गरे। यस सत्रमा ‘वन्दे मातरम्’ माथि चर्चा हुने जानकारी दिँदै उनले सत्र लामो समय चलाउने इच्छा भए पनि जनप्रतिनिधिहरूको आग्रहमा सीमित अवधिका लागि राखिएको बताए।

यस अवसरमा मुख्यमन्त्रीसँगै उपमुख्यमन्त्री केशव प्रसाद मौर्य, बृजेश पाठक तथा वित्त एवं संसदीय कार्य मन्त्री सुरेश खन्ना पनि उपस्थित थिए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande