पशु तस्करी गर्ने चेष्टाः इण्डो-नेपाल सीमामा एसएसबीेद्वारा पाँच वटा गाई जफत
पशु तस्करी गर्ने चेष्टाः इण्डो-नेपाल सीमामा एसएसबीेद्वारा पाँच वटा गाई जफत


सिलगढ़ी, 23 दिसम्बर (हि. स.)। शीतकालमा घना कुहिरोको आड़मा इण्डो-नेपाल सीमाबाट हुन लागेको पशु तस्करीलाई असफल बनाइएको छ। मंगलवार सबेरै सशस्त्र सीमा बल (एसएसबी)-ले कारबाही गर्दै पाँच वटा गाईहरूलाई जफत गऱ्यो, तर तस्कर भने घटनास्थलबाट भाग्न सफल भयो। यौ घटना नक्सलबाड़ीको इण्डो–नेपाल सीमा क्षेत्र अन्तर्गत बड़ा मनिरामजोतको मेची नदी क्षेत्रमा भएको हो।

प्राप्त जानकारी अनुसार तस्करले कुहिरोको फाइदा उठाएर पशुहरूलाई नेपाल लैजाने चेष्टा गरिरहेको थियो। यसै अवधि एसएसबीको नजर पर्नसाथ तस्कर गाईलाई छोड़ेर नेपालतिर भाग्यो। एसएसबीले घटनास्थलबाट तीन वटा गाई र दुई वटा बाछालाई जफत गऱ्यो। पछि जफ्त गरिएका गाईहरूलाई नक्सलबाड़ी थानाको पुलिसलाई सुम्पिइो जहाँबाट पुलिसले गाईहरूलाई गौशालामा पठाइदियो। एसएसबीले भगौड़ा तस्करीलाई खोज्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande