आर.जी. कर मेडिकल कलेजमा जुनियर-सिनीयरको भिड़न्त, ऱ्यागिंगका आरोपहरूले बढ़ायो तनाउ
आर.जी. कर मेडिकल कलेजमा जुनियर-सिनीयरको भिड़न्त, ऱ्यागिंगका आरोपहरूले बढ़ायो तनाउ


कोलकाता, 23 दिसम्बर (हि. स.)। आर.जी. कर मेडिकल कलेज एवं अस्पताल फेरि एकपटक विवादहरूले घेरिएको छ। कलेजको एक होस्टलबाट मंगलवार ऱ्यागिंग जस्तो गम्भीर आरोप सामु आएपछि परिसरमा पुनः तनाउ अनि चिन्ताको माहोल व्याप्त भएको छ।

कलेज सूत्र अनुसार प्रथम वर्षका विद्यार्थीहरूले आफ्ना सीनियर विद्यार्थीहरूमाथि तथाकथित “इन्ट्रोडक्शन”- को नाममा उत्पीड़न गरेको आरोप लगाएका छन्। कलेज प्रशासनले यी सिकायतहरूमाथि संज्ञान लिनको साथै सम्पूर्ण घटनाक्रममाथि कड़ा नजर राखिरहेको छ।

यो आरोप यस्तो समयमा सामु आएको छ जतिबेला आर.जी. कर मेडिकल कलेज वर्ष 2024-मा परिसरभित्र एक जना स्नातकोत्तर प्रशिक्षणार्थी डाक्टरसित भएको दुष्कर्म र हत्याको जघन्य घटनाको कारणले सार्वजनिक एवं संस्थागत जाँचको दायराभित्र छ। यस घटनाले सम्पूर्ण राज्यलाई झक्झकाइदिएको थियो।

ताजा आरोप मनिकतला होस्टलबाट सामु आएको छ जुन आधिकारिक रूपमा प्रथम वर्षका विद्यार्थीहरूको लागि मात्र निर्धारित छ। होस्टलको नियमानुसार यहाँ नयाँ विद्यार्थीहरूलाई मात्र बस्ने अनुमति छ, तर आरोप छ, केही द्वितीय वर्षका विद्यार्थीहरू पनि बसिरहेका थिए। यसबाट नियमहरूकको उल्लंघन सम्बन्धि गम्भीर प्रश्न उठेको छ।

आरोपहरू मुताविक प्रथम वर्षका छात्रहरूलाई विभिन्न प्रकारले डर देखाइयो-धम्काइयो तथा अपमानित गरियो। कतिपय छात्रहरूको आरोप छ, तथाकथित इन्ट्रोडक्शन सेशनमा उनीहरूसित मौखिक दुर्व्यवहार गरियो भने कतिपयले शारीरिक हमला गर्ने प्रयास पनि गरेको दाबी छ।

प्राप्त जानकारी अनुसार जुनियर छात्रहरूले यस मामिलाको सिकायत प्रशासनसित गर्दा स्थिति झन् बिग्रियो अनि आरोपी सीनियर छात्रहरूले कथित रूपमा सिकायतकर्ता छात्रहरूमाथि हमला गरे।

सूत्र अनुसार कलेज प्रशासनले सिकायतमा उल्लेखित द्वितीय वर्षका छात्रहरूलाई बोलाएर चेताउनी दिइयो। तथापि स्थिति तनाउपूर्ण भयो। पछि प्रथम र द्विती वर्षका छात्रहरूबीच एक सार्वजनिक सड़कमा फेरि झड़प भयो जहाँ जुनियर छात्राहरूलाई नयाँ धम्की दिइएको आरोप छ। पछि पीड़ित छात्रहरूले सम्पूर्ण घटनाक्रमको विवरण दिँंदै प्रशासन समक्ष एक विस्तृत लिखित सिकायत सुम्पिए।

यो रिपोर्ट दर्ता गरूञ्जेलसम्म कलेज प्रशासनको पक्षबाट कुनै पनि आधिकारिक बान जारी गरिएको थिएन। तथापि संस्थानका एकजना वरिष्ठ सूत्रले बताए, मामिला सक्रिय रूपमा विचाराधिन छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande