
कोलकाता, 23 दिसम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत पहिलो चरणको सुनवाईमा लगभग 32 लाख अनम्याप्ड मतदाताहरूलाई बोलाइनेछ। राज्यको मुख्य निर्वाचन अधिकारी कार्यालयका अधिकारीहरूले मंगलवार यस आशयको जानकारी गराए।
अधिकारीहरू अनुसार यो सुनवाई आगामी 27 दिसम्बरदेखि शुरू हुनेछ। यस श्रेणीमा ती मतदाताहरू सामेल छन् जसको नाम 2002 सालको मतदाता सूचीमा परिवारका अन्य सदस्यहरूसित जोड़िन सकेको थिएन। गणना चरण अवधि सम्पूर्ण राज्यमा 31 लाख 68 हजार 424 अनम्याप्ड मतदाता चिन्हित गरिएको छ।
मुख्य निर्वाचन अधिकारी कार्यालयका एकजना वरिष्ठ अधिकारीले मंगलवार बिहान बताए, लगभग 10 लाख मतदाताहरूलाई नोटिस पठाउने प्रक्रिया शुरू गरिएको छ भने मंगलवारदेखि रहल लगभग 22 लाख मतदाताहरूलाई नोटिस जारी गरिनेछ।
उनले बताए, सुनवाईको प्रक्रिया जिल्ला मेजिस्ट्रेट कार्यालय, अनुमण्डल कार्यालय, विभिन्न सरकारी विभागको परिसरसँगसँंगै स्कूल एवं कलेजहरूमा आयोजना गरिनेछ। हरेक सुनवाईको निगरानी माइक्रो अब्जर्बरको उपस्थितिमा गरिनेछ।
अधिकारीहरूले यो पनि स्पष्ट पारे, जुन मतदाताहरूको मामिलामा तार्किक विसंगति पाइएको छ उनीहरूलाई अघिल्लो चरणमा लिइनेछ। यसको लागि चुनाउ आयोगसित दिशानिर्देश मागिएको छ।
यसबीच लगभग चार हजार माइक्रो अब्जर्भरको निम्ति प्रशिक्षण आगामी 24 दिसम्बरमा कोलकातामा दुई चरणमा आयोजना गरिनेछ।
अधिकारीहरू अनुसार सबै माइक्रो अब्जर्भर राज्य सरकारका अधिकारीहरू हुन्। यसको एक दिनअघि तृणमूल कंग्रेस सुप्रीमो एवं पश्चिम बंगालकीक मुख्यमन्त्री ममता ब्यनर्जीले आरोप लगाएकी थिइन्, माइक्रो अब्जर्भरलाई स्थानीय बंगाली भाषाको पर्याप्त ज्ञान छैन।
यता चुनाउ आयोगको एक प्रतिनिधिमण्डलले पनि राज्यको भ्रमण गर्नेछ। राज्यको मुख्य निर्वाचन अधिकारी कार्यालय सूत्र मुताविक आयोगका प्रधान सचिव एस. बी. जोशी र उपसचिव अभिनव अग्रवाल राज्यमा विशेष गहन पुनरीक्षणको प्रगतिको समीक्षा गर्न आउनेछन्। दुवै अधिकारी 24 दिसम्बरमा हुने माइक्रो अब्जर्भरहरूको प्रशिक्षण कार्यक्रममा पनि सामेल हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा