कोलकाता होइन, विधानसभा क्षेत्रमा ध्यान दिउन्- भाजपा विधायकहरूलाई शुभेन्दु अधिकारीको निर्देश
कोलकाता होइन, विधानसभा क्षेत्रमा ध्यान दिउन्- भाजपा विधायकहरूलाई शुभेन्दु अधिकारीको निर्देश


कोलकाता, 23 दिसम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भारतीय जनता पार्टी (भाजपा)-का विधायकहरूलाई नयाँ वर्षदेखि आ-आफ्नो विधानसभा क्षेत्रमा पूर्ण रूपले ध्यानकेन्द्रित गर्ने निर्देश दिएका छन्। उनले स्पष्ट रूपमा भनेका छन्, अनावश्यक रूपमा कोलकातामा समय व्यतित गर्नदेखि बचुन् तथा क्षेत्रसित जोड़िएर काम गरून्।

पार्टी सूत्र अनुसार शुभेन्दु अधिकारीले यो पनि निर्देश दिएका छन्, यदि जिल्लाहरूबाट कुनै विधायकलाई सरकारी वा संगठनात्मक काम लिएर कोलकाता आउन परे उनले बिहान कोलकाता आइपुगेर साँझसम्ममा काम सिद्धाएर फर्किनुपर्छ। उनको मान्यता छ, विधायकहरूको प्राथमिक जिम्मेवाारी भनेको आफ्नो क्षेत्रका मानिसहरूमाझ बसेर उनीहरूको समस्यालाई बुझ्नु अनि समाधान गर्नु हो।

मंगलवार अपरान्ह शुभेन्दु अधिकारी विधानसभा परिसरमा पुगे अनि त्यहाँ उपस्थित पार्टी विधायकहरूसित बातचित गरे। यस अवधि उनले दुई शब्दमा भने, कोलकातामा अनावश्यक उपस्थितिको सट्टा विधायकहरू आ-आफ्नो क्षेत्रमा सक्रिय हुनुपर्छ।

उनले जनवरीमा प्रस्तावित शीतकालीन सत्र एवं फरवरी महिनामा हुने अन्तरिम बजेट सत्रमा अप्नाइने कार्यप्रणालीलाई लिएर पनि दिशा-निर्देश दिए। अधिकारीले भने, जुन विधानसभा क्षेत्रबाट दिनहुँ कोलकाता आउन-जान सम्भव हुन्छ, त्यहाँका विधायकहरू बिहान विधानसभा सत्रमा सामेल भएर त्यै साँझ आफ्नो क्षेत्रमा फर्किउन्। ती विधायकहरूलाई मात्र छुट दिइनेछ जसको क्षेत्र कोलकाताभन्दा धेरै टाड़ा छ विशेष गरी उत्तर बंगालका क्षेत्रहरू, जहाँबाट दिनहुँ आउनु-जानु सम्भव छैन।

एकजना भाजपा विधायकले बताए, शुभेन्दु अधिकारी स्वयंले यस मामिलामा उदाहरण पेश गर्दछन्। विधानसभामा नेता प्रतिपक्ष भए पनि तथा राज्यभरि नै व्यस्त कार्यक्रमहरूबीच पनि उनी पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्रास्थित आफ्नो विधानसभा क्षेत्रसित निरन्तर जोड़िँदै आएका छन्। उनले समय निकालेर आफ्नो क्षेत्रवासीको समस्या सुन्छन् अनि त्यसलाई समाधान गर्ने चेष्टा गर्दछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande