
गान्तोक, 23 दिसम्बर (हि.स.)। सशस्त्र सीमा बलको 72औं बटालियन, योक्समका कमान्डेन्टको निर्देशन र मार्गदर्शनमा चिकित्सा नागरिक कार्य कार्यक्रम अन्तर्गत ताथाङमा नि:शुल्क औषधि बितरण एवं आँखा जॉंच शिविर आयोजन गरियो। शिविर सिलगढीको ग्रेटर लायन्स आई अस्पतालका चिकित्सक डा. पंकज सूदको उपस्थिति र समर्थनमा आयोजन गरिएको थियो।
यस कार्यक्रमको प्राथमिक उद्देश्य सीमावर्ती र दुर्गम क्षेत्रहरूमा बसोबास गर्ने नागरिकहरूलाई पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु र आँखा स्वास्थ्यको बारेमा जागरूकता जगाउनु थियो। शिविरको क्रममा नेत्र रोग विशेषज्ञ र प्यारामेडिकल कर्मचारीहरूले गहन प्राथमिक आँखा जाँच गरे।
शिविरमा कुल १४६ नागरिकहरूले भाग लिए र आँखा जाँच गराए। जाँचपछि, आवश्यकतामा परेकाहरूलाई नि:शुल्क चश्मा पनि प्रदान गरिएको थियो। यो जन कल्याणकारी पहलले स्थानीय नागरिकहरू लाभान्वित बनेको एसएसबीले प्रेस विज्ञप्तिमा जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल