इसरोको ठूलो उड़ान, सञ्चार उपग्रहको सफल लन्चिङ
इसरोको ठूलो उड़ान


श्रीहरिकोटा (आन्ध्र प्रदेश), 24 दिसम्बर (हि.स.)। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आज बिहान 8ः55 बजी आफ्नो सबैभन्दा शक्तिशाली रकेट एलवीएम 3 बाट अमेरिकी कम्पनी एएसटी स्पेसमोबाइलको ब्लूबर्ड ब्लक-2 सञ्चार सेटेलाइटको सफलतापूर्वक लन्च गरेको छ। यो यस रकेटको छैटौं अपरेशनल उड़ान (एलवीएम3-एम-6) हो।

यो अभियान न्यूस्पेस इण्डिया लिमिटेड र स्पेसमोबाइलबीच भएको समझौकाको हिस्सा हो। यसले लो अर्थ अर्बिटमा संसारका सबैभन्दा ठूलो व्यावसायिक सञ्चार सेटेलाइट तैनात हुनेछ। यसले सामान्य स्मार्टफोनलाई सोझै अन्तरिक्षसॅंग उच्चतम गति (हाई-स्पीड) इन्टरनेट प्रदान गर्नेछ। ब्लूबर्ड ब्लक-2 स्पेसमोबाइलको अर्को पुस्ताको सञ्चार सेटेलाइट्स शृंखलाको हिस्सा हो।

वजन: लगभग 6100 देखि 6500 किलोग्राम। यो भारतबाट लन्च गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो पेलोड हो।

आकार: यसमा 223 वर्ग मीटर (लगभग 2,400 स्क्वायर फीट) को फेज्ड ऐरे एण्टीना लागेको छ। यो लो अर्थ अर्बिटमा तैनात हुनेछ।

क्षमता: यसले 4जी र 5जी नेटवर्कलाई सपोर्ट गर्नेछ। सामान्य स्मार्टफोनलाई सोझै स्पेससॅंग हाई-स्पीड ब्रडब्याण्ड प्रदान गर्नेछ।

स्पीड: यसले 120 एमबीपीएससम्मको पीक डेटा स्पीड दिनेछ। यसले भाइसस कल, भिडियो कल, टेक्स्ट, स्ट्रीमिंग र डेटा सर्विसलाई सपोर्ट गर्नेछ।

उद्देश्य: यसले संसारभरि 24/7 कनेक्टिविटी उपलब्ध गराउने छ। यसद्वारा सुदूर क्षेत्रहरू, समुद्र र पहाड़हरूमा पनि मोबाइल नेटवर्क पुग्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande