प्रधानमन्त्री नरेन्द्र मोदीले एलवीएम3–एम6 र ब्लूबर्ड–ब्लक–२ प्रक्षेपणको सफलतामा वैज्ञानिकहरूलाई बधाई दिए
pm modi


नयाँ दिल्ली, २४ दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले एलवीएम3–एम6 रकेटको सफल प्रक्षेपण तथा अमेरिकाको ब्लूबर्ड–ब्लक–२ अन्तरिक्षयानलाई लक्षित कक्षामा सफलतापूर्वक स्थापना गरिएकोमा भारतीय अन्तरिक्ष वैज्ञानिक र अभियन्ताहरूलाई बधाई दिएका छन्। उनले यो उपलब्धिले भारतको भारी–भार प्रक्षेपण क्षमतामा वृद्धि हुनुका साथै अन्तरिक्ष क्षेत्रमा बढ्दो व्यावसायिक सहभागिता र आत्मनिर्भर भारत अभियानलाई थप सुदृढ़ बनाएको बताए।

प्रधानमन्त्रीले भने, एलवीएम3–एम6 ले भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रहलाई कक्षामा स्थापना गर्दै देशको प्रक्षेपण क्षमतालाई अझ विस्तार गरेको छ। यो सफलता भविष्यका गगनयान मानव अन्तरिक्ष अभियान, व्यावसायिक प्रक्षेपण सेवाको विस्तार तथा विश्वव्यापी अन्तरिक्ष सहकार्यलाई थप गहिरो बनाउनेछ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेख्दै यो प्रक्षेपणले विश्वव्यापी व्यावसायिक अन्तरिक्ष बजारमा भारतको उदीयमान विश्वसनीयतालाई पुष्टि गरेको उल्लेख गरे। उनले वैज्ञानिक र अभियन्ताहरूको अथक परिश्रमको प्रशंसा गर्दै अन्तरिक्ष क्षेत्रमा भारत निरन्तर नयाँ उचाइतर्फ अग्रसर भइरहेको बताए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande