
गुवाहाटी, 25 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार भारत रत्न तथा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको जयन्तीको अवसरमा राज्य भाजपाको मुख्यालय अटल बिहारी वाजपेयी भवनमा उपस्थित भएर महान नेतालाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले अटल बिहारी वाजपेयीलाई भारतीय राजनीतिको उज्ज्वल नक्षत्र बताउँदै भने, एकजना पत्रकार, कवि, समाज सुधारक औ दूरदर्शी जननायकको रूपमा उनको अतुलनीय व्यक्तित्वले सदैव देशवासीहरूलाई प्रेरणा दिरहनेछ। उनले वाजपेयीलाई मूल्यहरूको राजनीतिको पथप्रदर्शक बताउँदै भने, उनको आदर्श र विचार आज पनि उतिकै प्रासंगिक छ।
अटल स्मृति वर्षको अवसरमा आयोजित कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीले वाजपेयीको जीवन, कृतित्व एवं योगदानमाथि आधारित एक फोटो प्रदर्शनीको पनि अवलोकन गरे। उनले भने, प्रदर्शनीको माध्यमबाट भारत रत्न अटल बिहारी वाजपेयीको जीवन औ राष्ट्र निर्माणमा उनको योगदानलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ।
मुख्यमन्त्रीले भने, श्रद्धेय अटल बिहारी वाजपेयीलाई नमन गर्दै उनका विचार अनि सिद्धान्तहरूमाथि हिँड़्ने संकल्पलाई दोहोऱ्याइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा