
गुवाहाटी, 26 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले वीर बाल दिवसको अवसरमा गुरु गोबिन्द सिंहजीका साहिबजादाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको अद्वितीय साहस अनि बलिदानलाई नमन् गरे।
मुख्यमन्त्रीले आज आफ्नो सोशल मीडिया सन्देशमा भने, गुरू गोबिन्द सिंहजीका वीर सुपुत्रहरूले अत्यन्त कम उमेरमै धर्म अनि मातृभूमिको रक्षाको लागि असाधारम वीरताको परिचय दिए। उनीहरूको बलिदान भारतीय इतिहासको अमूल्य घरोहर हो जसले सदैव देशवासीहरूलाई साहस, त्याग र राष्ट्रभक्तिको प्रेरणा दिरहनेछ।
डा. सरमाले भने, साहिबजादाहरूको शौर्यगाथालाई स्मरण गर्दै प्रत्येक वर्ष वीर बाल दिवस मनाइन्छ। उनले साहिबजादाहरूसँगसँगै माता जुगरी र गुरू गोबिन्द सिंहजीको वीरता एवं सर्वोच्च बलिदानलाई पनि सादर नमन गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा