कोलकातामा क्रिसमसको राति भयानक आगो, केही झोपड़ीहरू जलेर खरानी
कोलकातामा क्रिसमसको राति भयानक आगो, केही झोपड़ीहरू जलेर खरानी


कोलकाता, 26 दिसम्बर (हि. स.)। दक्षिण कोलकाताको गार्डन रीच क्षेत्रमा गए बिहीवार राति भएको एक भयानक आगलागीमा केही झोपड़ीहरू जलेर खरानीमा परिणत भयो। क्रिसमसको दिन भएको यस घटनाको कारण क्षेत्रमा कोकोहोलो मचियो। तर राहतको कुरा, यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।

आगो गार्डन रीचस्थित एउटा मैला-कुचैला थुपारिएको डिपोमा लागेको थियो जहाँ घना जनसंख्या भएको बस्ती छ। यहाँ ठूलो संख्यामा झोपड़ी अनि अस्थायी घरहरू निर्माण गरिएको छ। आगो कसरी लाग्यो सको सही कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन।

अग्निशमन विभागको सूत्र मुताविक आगलागीको सूचना प्राप्त हुनसाथ सात वटा दमकल वाहनहरूलाई घटनास्थल तर्फ पठाइयो। दमकल कर्मीहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे।

पुलिस अनुसार आगलागी भएको क्षेत्रमा स-साना झोपड़ीहरू थिए। यस घटनामा अधिकांश झोपड़ीहरू पूर्ण रूपले जलेर नष्ट भएको छ। यस घटनामा भएको क्षय-क्षतिको मूल्यांकन गरिँदैछ।

अधिकारीहरूको भनाइ छ, आगो शर्ट सर्किट वा ग्यास सिलेण्डर विस्फोट भएर भएको हुनसक्छ। तथापि यसको पुष्टि विस्तृत जाँच अनि घटनास्थलको निरीक्षणपछि नै हुनसक्छ।

कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, शर्ट सर्किटको आशंका छ, तर अन्तिम जाँच पूरा भएपछि नै सबैकुरा स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande