
जलपाईगुड़ी, 26 दिसम्बर (हि. स.)। अमृत जल परियोजनाको काम अन्तिम चरणमा पुगेको दाबी गरिँदैछ, तर पहिलो चरणको काम पूरा भएपछि पनि जलपाईगुड़ी शहरका मानिसहरूले अहिले पनि पिउने पानी पाउन सकेका छैनन्। नगरपालिकाले आगामी 31 दिसम्बरसम्ममा शहरवासीहरूलाई घर-घर अमृत परियोजनाको पानी प्राप्त हुने आश्वासन दिइएको भए पनि यस दाबीमाथि प्रश्न उठिरहेको छ। कारण स्पष्ट छ, अहिलेसम्ममा घरसम्म पानी पुऱ्याउने ट्रायल रन पनि शुरू हुन सकेको छैन।
अमृत जल परियोजनालाई लिएर जलपाईगुड़ी नगरपालिकाका चेयरम्यान सैकत च्यटर्जीले भने. अमृत जल परियोजना अन्तर्गत पाइपलाइन बिछ्याउने कार्यको अन्तिम चरण शुरू भइसकेको छ। हामी आफ्नो वाचा अनुसार आगामी 31 दिसम्बरसम्ममा शहरवासीहरूको घरसम्म पिउने पानी पुऱ्याउनेछौं। तथापि शुरूआती एक महिनासम्म यो पानी पिउने योग्यको हुनेछैन।
उल्लेखनीय छ, जलपाईगुड़ीमा अमृत जल परियोजनाको शुरुआत वर्ष 2019- मा भएको थियो। त्यसताक दाबी गरिएको थियो, तीन वर्षभित्रमा नगरपालिका क्षेत्र क्षेत्रको हरेक घरसम्म पाइपलाइनको माध्यमबाट पिउने पानी पुऱ्याइनेछ। तर तीन वर्ष बितिसक्दा पनि न घरसम्म पानी पुगेको छ न पाइपलाइनको आधा काम नै पूरा हुन सकेको छ।
प्रत्येक घरमा जल आपूर्ति गर्नको लागि 2 सय मीटर पाइपपाइन बिछ्याइसकिएको छ।
अहिले सम्पूर्ण शहरलाई आठ वटा जोनमा विभाजन गरिएको छ भने प्रत्येक जोनमा एउटा-एउटा ओभरहेड ट्याङ्क निर्माण गरिएको छ। सुकान्तनगर क्षेत्रमा जल शोधन संयन्त्र (वाटर ट्रीटमेन्ट प्लान्ट)पनि तयार छ। तथापि जल शोधन संयन्त्रबाट आठ वटा ओभरहेड ट्याङ्कीसम्म पानी पुऱ्याउनको लागि पाइपलाइन बिछ्याउने कार्य अहिले पनि कतिपय ठाउँमा अधुरै छ। त्यसैले जलपाईगुड़ी शहरका मानिसहरू अहिलेसम्म पनि अमृतको पानीको प्रतीक्षा गर्न बाध्य छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा