कंग्रेसको विचारधारासित मेल खाने पार्टीहरूसितै गठबन्धन हुनेछः जितेन्द्र सिंह
कंग्रेसको विचारधारासित मेल खाने पार्टीहरूसितै गठबन्धन हुनेछः जितेन्द्र सिंह


गुवाहाटी, 26 दिसम्बर (हि.स.)। असम कंग्रेसका प्रदेश प्रभारी जितेन्द्र सिंहले शुक्रवार स्पष्ट पारे, कंग्रेसले ती राजनीतिक दलहरूसित मात्र गठबन्धन गर्नेछ ज सको नीति, विचारधारा तथा सोच कंग्रेससित मेल खान्छ। गुवाहाटीमा शुक्रवार एक कार्यक्रममा भाग लिएपछि पत्रकारहरूसित बातचित गर्दै उनले भने, वैचारिक समानता बिना कुनै पनि प्रकारको राजनीतिक गठबन्धन सम्भव छैन।

सीट बाँड़फांड़लाई लिएर जितेन्द्र सिंहले भने, जुन विधानसभा क्षेत्रमा जुन दलको प्रत्याशीले जित्ने अधिक सम्भावना हुन्छ, सोही आधारमा सीट शेयरिंग गरिनेछ। कंग्रेसले चुनावी रणनीतिमा व्यवहारिक तथा यथार्थवादी दृष्टिकोण अप्नाउनेछ।

उनले यो पनि संकेत दिए, आगामी चुनाउलाई मध्यनजर गर्दै पार्टीले सबै निर्णय व्यापक राजनीतिक हित तथा चुनावी मजबुतीलाई ध्यानमा राखेर लिनेछ। उनको यस बयानलाई विपक्षी खेमामा भइरहेको गठबन्धन र सीट समाोजनका चर्चाहरूबीच महत्वपूर्ण मानिँदैछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande