पश्चिम बंगाल विधानसभाका सदस्यहरूले गरे युवा सेवा संघको तुलसी पूजन दिवस अभियानको सराहना
पश्चिम बंगाल विधानसभाका सदस्यहरूले गरे युवा सेवा संघको तुलसी पूजन दिवस अभियानको सराहना


कोलकाता, 26 दिसम्बर (हि.स.)। युवा सेवा संघ, कोलकाताको पक्षबाट सम्पूर्ण पश्चिम बंगालमा आयोजित तुलसी पूजन दिवस अभियानलाई राज्य विधानसभाका केही सदस्यहरूले सराहना गरेका छन्। विधायक अजय कुमार पोद्दार, अरूप कुमार दास औ चन्दना बाउरीले यस अभियानलाई भरतीय सनातन संस्कृति, पर्यावरण संरक्षण एवं नैतिक मूल्यहरूलाई सशक्त बनाउने महत्वपूर्ण प्रयास बताए।

विधायकहरूले आ-आफ्नो लिखित प्रशंसा सन्देशमा भने, तुलसी पूजन दिवस केवल धार्मिक आस्थाको प्रतीक होइन, यो प्रकृति संरक्षण, सामाजिक चेतना एवं जीवन मूल्यहरूलाई जागृत बनाउने प्रभावशाली माध्यम पनि हो। उनीहरूले भने, वर्तमान समयमा पर्यावरण सन्तुलन तथा नैतिक ह्रास जस्ता गम्भीर चुनौतीहरू समाजले सामना गरिरहेको अवस्थामा यस्तो अभियानले मानिसहरूलाई सकारात्मक दिशा दिने कार्य गर्दछ।

विधायकहरूले विशेष रूपमा यस अ्भियानमा युवाहरूको सक्रिय सहभागिताको प्रशंसा गरे। उनीहरूले भने, युवा सेवा संघको पक्षबाट युवाहरूलाई यस पहलसित जोड़्नु सामाजिक दायित्व र राष्ट्र निर्माणको दिशामा एक प्रेरणादायक कदम हो। यसबाट नयाँ पिढ़ीलाई आफ्नो सांस्कृतिक विरासतसित जोड़िने अनि प्राकृतिप्रति संवेदनशील बन्ने सन्देश प्राप्त हुनेछ।

यस अवसरमा संस्थाका सचिव आशुतोष झाले भने, राज्य विधानसभाका सदस्यहरूको पक्षबाट प्राप्त सराहनाले सेवा कार्यहरूलाई अझ बढ़ी प्रतिबद्धता एवं उत्साहको साथमा अगाड़ि बढ़ाउने प्रेरणा दिन्छ। उनले बताए, तुलसी पूजन दिवसको यो अभियान प्रतिवर्ष आयोजना गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande