जङ्गली हात्तीको उत्पात, सुकना बनबस्ती प्राथमिक पाठशाला भवन क्षतिग्रस्त
जङ्गली हात्तीको उत्पात, सुकना बनबस्ती प्राथमिक पाठशाला भवन क्षतिग्रस्त


जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले गरे निरीक्षण

खरसाङ, 26 दिसम्बर (हि.स.)। बिहिवार राति जङ्गली हात्तीले सुकना बनबस्ती प्राथमिक पाठशाला भवन क्षतिग्रस्त पारेको छ। घटनाको खबर पाउन साथ आज बिहानै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागका भारप्राप्त सभासद राजेस चौहानले घटना स्थलको रीक्षण भ्रमण गरेका छन्। उनीसितै पाठशाला उप परिदर्शक खरसाङ क्षेत्र, वन विभागका अधिकारीवर्ग घटनास्थलमा पुगेर घटनास्थलको निरीक्षण गरेका थिए।

घटनास्थलबाटै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई डेपुटी चेयरम्यान राजेस चौहानले घटनाको सम्पूर्ण विवरण दिए। यसका साथै राजेस चौहानले डीएफओ वाइल्ड लाइफसित पनि बातचीत गरेर कसरी जीटीए र वन विभाग वाइल्ड लाइफसित मिलेर भविष्यको निम्ति पाठशालालाई सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेको प्राथमिक पाठशालाका बोर्ड सदस्य अशोक प्रधानले जानकारी दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande