रामनगर बजारमा क्रिसमसको दिन आगो लागेर तीन वटा दोकान स्वाहा
रामनगर बजारमा क्रिसमसको दिन आगो लागेर तीन वटा दोकान स्वाहा


पूर्व मेदिनीपुर, 26 दिसम्बर (हि.स.)। बड़ा दिनको अबेर राती पूर्व मेदिनीपुर जिल्लाको रामनगर बजारमा भयानक आगो लाग्यो जसले गर्दा स्थानीय व्यापारीहरूमा हाहाकार मचियो। गए बिहीवार अबेर राति अचानक लागेको आगोले दुई वटा मिठाई दोकान र एउटा स्टेशनरी दोकानलाई पूर्ण रूपले जलाएर नष्ट पारिदिएको छ। यस दुर्घटनामा लाखौं रुपियाँको नोक्सान भएको अनुमान लगाइँदैछ।

सूचना पाए लगत्तै दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुग्यो अनि कड़ा परिश्रम गरेर आगोलाई निभायो। स्थानीय सूत्र अनुसार आगो लागेको केही समयपछि मिठाई दोकामा राखिएका दुई वटा सिलेण्डर पड़्केको कारण आगोले झन् भयानक रूप लियो। यस घटनामा सात वटा रेफरिजिरेटर पूर्ण रूपले जलेको छ।

दोकानका कर्मचारीहरूले बताए, सबेरै स्थानीय मानिसहरूले दोकानमा आगो बलिरहेको देखे। पहिला मानिसहरू आफैले आगोलाई निभाउने चेष्टा गरे, तर स्थिति अनियन्त्रित भएपछि दमकल विभागलाई सूचना दिइयो। दमकल पुग्नअघि आगोले तीन वटा दोकानहरूलाई आफ्नो चपेटमा लिसकेको थियो।

दमकल विभागको प्राथमिक अनुमानमा शर्ट सर्किटको कारण आगो लागेको हुनसक्छ तथापि जाँच पूरा भएपछि वास्तविक कारणको पुष्टि हुनेछ। सम्पूर्ण मामिलाको जाँच रामनगर थाना पुलिसले गरिरहेको छ। अचानक भएको दुर्घटनाबाट रामनगर बजारका व्यापारीहरू चिन्तित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande