
कोलकाता, 26 दिसम्बर (हि. स.)। दिसम्बरको अन्तिम सप्ताहमा तापमानले लगातार आफ्नै रेकर्डलाई पछि पारिरहेको छ। यस मौसममा पहिलो पटक न्यूनतम तापमान 12 डिग्री सेल्सियस लगभग पुगेको छ। शुक्रवार कोलकाताको न्यूनतम तापमान 12.9 डिग्री सेल्सियस रेकर्ड गरियो जुन यस ऋतुको अहिलेसम्मक सबैभन्दा चिसो दिन रह्यो। कोलकाता र वरपरका क्षेत्रहरूमा शीतको प्रभाव महसूस गरियो।
अलिपुर मौसम विभाग अनुसार शनिवारसम्ममा कोलकाता सहित दक्षिण बंगालको तापमान अझ घट्नेछ। त्यसपछि दुई-तीन दिनसम्म तापमान लगभग यसै स्तरमा यथावत रहनसक्छ। तथापि पश्चिमी विक्षोभको प्रभावले आगामी 31 दिसम्बरपछि तापमानमा सामान्य वृद्धि हुने सम्भावना छ। नयाँ वर्षको शुरूआतमा तापमान दुईदेखि तीन डिग्री सेल्सियससम्म बढ़्नसक्छ, तर कुनै ठूलो परिवर्तन हुने संकेत छैन।
मौसम विभागको आँकड़ा मुताविक शुक्रवार कोलकाताको न्यूनतम तापमान सामान्यभन्दा 1.7 डिग्री सेल्सियस कम रह्यो। यसपूर्व 25 दिसम्बरमा न्यूनतम तापमान 13.7 डिग्री र 21 दिसम्बरमा 14.4 डिग्री सेल्सियस दर्ता गरिएको थियो।
यता पश्चिम बंगालका पश्चिमी जिल्लाहरूमा जाड़ो अझ् तीव्र छ। यी क्षेत्रहरूमा न्यूनतम तापमान 8 डिग्री सेल्सियस लगभग पुगेको छ भने आगामी दिनमा यहाँको न्यूनतम तापमान 7 देखि 10 डिग्री सेल्सियसबीच रहने सम्भावना छ। तटीय जिल्लाहरूमा न्यूनतम तापमान 11 देखि 14 डिग्री सेल्सियसबीच रहने अनुमान छ।
बंगालसँगसँगै देशका अन्य राज्यहरूमा पनि जाड़ोको प्रकोप जारी छ। पञ्जाब, हरियाणा, चण्डीगढ़, राजस्थान र झारखण्डमा शीतलहर चल्ने सम्भावना व्यक्त गरिँदैछ। बिहार, उत्तर प्रदेश, सिक्किम र उत्तराखण्डमा पनि तापमान लगातार घटिरहेको छ। यस अतिरिक्त दिल्ली, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, चण्डीगढ़, असम, मेघालय, झारखण्ड, ओडिशा, मध्य प्रदेश, हिमाचल प्रदेश र अरुणाचल प्रदेशमा घना कुहिरोलाई लिएर चेताउनी जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा