
शिवसागर (असम), 26 दिसम्बर (हि.स.)। असमको शिवसागर जिल्ला अन्तर्गत लाकुवा क्षेत्रमा शुक्रवार भएको एक पीड़ादायी सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यो दुर्घटना वाहन चालकले मातेर द्रूत गतिमा वाहन हाँकेको कारण भएको हो। दुर्घटनापछि क्षेत्रको स्थिति तनाउपूर्ण भयो।
मृतकको पहिचान जितेन राजकोँवरको रूपमा गरिएको छ। प्रत्यक्षदर्शीहरू अनुसार आरोपी युवकले मातेर वाहन हाँकिरहेको थियो साथै अत्यधिक द्रूत गति भएको कारण उसले नियन्त्रण गुमायो। वाहनले जितेनलाई भयानक ठक्कर दियो जसले गर्दा तिनको घटनास्थलमै मृत्यु भयो।
दुर्घटना भएको सूचना फैलिनसाथ क्षेत्रवासीमा आक्रोश व्याप्त भयो। स्थानीय मानिसहरूले ठूलो संख्यामा घटनास्थलमा भेला भएर आरोपी चालक विरूद्ध कड़ा कारबाही गर्ने माग गर्न थाले जसबाट स्थिति तनाउपूर्ण भयो।
सूचना पाए लगत्तै स्थानीय पुलिस घटनास्थलमा पुग्यो। स्थितिलाई नियन्त्रण गरी पुलिस मामिलाको जाँच कार्यमा जुटेको छ। आरोपी चालकको सम्बन्धमा जाँचबुझ गरिरहेको छ।
पुलिस अधिकारीहरूले बताए, प्रारम्भिक जाँचमा दुर्घटनाको कारण मातेर वाहन हाँकेको प्रतीत भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा