
कामरूप (असम), 26 दिसम्बर (हि.स.)। रंगियामा एउटा ठूलो रेल दुर्घटना हुनदेखि बच्यो जतिबेला एकजना स्थानीय युवकको विवेकले नौ वटा हात्तीहरूको बथानलाई सुरक्षित बचाइयो।
प्राप्त जानकारी अनुसार हात्तीहरूको बथानले रेलवे ट्र्याक पार गरिरहेको थियो। यसै अवधि ट्रेन आउने आशंकालाई मध्यनजर गर्दै रंगियाका एकजना युवकले तुरून्तै सतर्कता अप्नाउँदै रेलवे अधिकारीहरूलाई सूचना दिए। सूचना पाउनसाथ समयमै आवश्यक कदम उठाइयो जसको फलस्वरूप सम्भावित दुर्घटना टऱ्यो।
घटनाको सूचना पाएर रेलवे र वन विभागीय अधिकारीहरू घटनास्थलमा पुगे अनि हात्तीहरूलाई सुरक्षित रूपमा ट्र्याकदेखि टाड़ा लखेटे। युवकको तत्पता अनि जागरूकताको सराहना गरिँदैछ जसबाट एउटा ठूलो दुर्घटना हुनदेखि बच्यो।
उल्लेखनीय छ, दुई दिनअघि मात्र यसै रेलखण्डमा एकजना युवकको तत्परतामा हात्तीहरूको ज्यान बचाइएको थियो। रेलवेद्वारा हात्तीहरूको जानकारी दिने युवकलाई पुरस्कृत पनि गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा