कुचबिहारः छिमेकीको विवादमा एउटै परिवारका दुई जनाको हत्या भएको आरोप, चार जना घाइते
कुचबिहारः छिमेकीको विवादमा एउटै परिवारका दुई जनाको हत्या भएको आरोप, चार जना घाइते


कुचबिहार, 25 दिसम्बर (हि. स.)। छिमेकीहरूमाझ विगत लामो समयदेखिको जारी विवादबीच बिहीवार बिहान माथाभांगा क्षेत्रमा एउटै परिवारका दुई जना मानिसहरूको हत्या गरिएको आरोप लागेको छ भने अन्य चार जना मानिसहरू गम्भीर घाइते भएका छन्। घटना माथाभांगाको हाजरा हाट–1 ग्राम पञ्चायत अन्तर्गत बालासी आलोकाचार क्षेत्रमा भएको हो।

स्थानीय सूत्र अनुसार सरकार अनि सिकदार परिवारबीच लामो समयदेखिकै आपसी शत्रुता रहिआएको थियो। क्रिसमसको बिहान कुनै कुरालाई लिएर दुई परिवारका सदस्यहरूमाझ भनाबैरी भयो जुन हेर्दा-हेर्दै हिंसक झड़पमा परिणत भयो।

आरोप छ, सिकदार परिवारका केही सदस्यहरू अचानक हतियार लिएर सरकार परिवारमाथि जाइ लागे। अन्धाधुन्द गरिएको हमलामा 22 वर्षीय यादव सरकार र 45 वर्षीय मानव सरकार गम्भीर रूपमा घाइते भएर घटनास्थलमै मुर्छित परे। यस अतिरिक्त यस हमलामा अन्य चार जना मानिसहरू पनि घाइते भएका छन्। चित्कार-पुकार सुनेर वरपरका मानिसहरूले घटनास्थलमा पुगेर सबैलाई तुरून्तै अस्पतालमा पुऱ्याए। अस्पतालमा डाक्टरहरूले यादव सरकार र मानव सरकारलाई मृत घोषित गरिदिए भने अन्य चारजना घाइतेको उपचार भइरहेको छ।

घटनाको सूचना पाए लगत्तै माथाभांगा थाना पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले यो जाँच गरिरहेको छ, विवादको वास्तविक कारण के थियो! भगौड़ा आरोपीहरूको खोजी जारी छ। क्षेत्रमा व्याप्त तनाउलाई केन्द्र गरेर पुलिसले सतर्कता अप्नाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande