जंगली हात्तीको हमलामा महिलाको मृत्यु
जंगली हात्तीको हमलामा महिलाको मृत्यु


बाक्सा (असम), 25 दिसम्बर (हि.स.)। बाक्सा जिल्लाको भारत-भुटान सीमावर्ती क्षेत्रमा जंगली हाततीद्वारा गरिएको हमलामा एकजना महिलाको घटनास्थलमै मृत्यु भयो।

पुलिसले बिहीवार बतायो, बोगामाटी निकट पश्चिम उपरखुटी गाउँमा जंगली हात्तीको हमलामा परी एकजना महिलाको घटनास्थलमै मृत्यु भयो। मृतक महिलाको पहिचान कालीमाया गुरूङ (65)-को रूपमा गरिएको छ।

घटनाबारे जानकारी पाउनसाथ पुलिस टीमले घटनास्थलमा पुगेर मृत महिलाको शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। अन्तिम सूचना पाउँदासम्ममा क्षेत्रमा चार वटा जंगली हात्तीहरूले डेरा लगाएर बसेका थिए जसलाई लिएर स्थानीय मानिसहरूमा भय व्याप्त भएको छ।

हात्तीद्वारा महिलालाई कुल्चेर मारिएको घटनालाई लिएर स्थानीय मानिसहरूले वन विभागप्रति आक्रोश व्यक्त गरेका छन्। स्थानीय मानिसहरूको भनाइ छ, हात्ती भोजनको खोजीमा जंगलबाट निक्लेका हात्तीहरू आवासीय क्षेत्रमा पसेको जानकारी वन विभागलाई दिइए पनि विभागले कुनै ठोस कदम उठाउँदैन। त्यसैले गर्दा महिलाको ज्यान गएको हो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande