बड़ा दिनमा यात्रीहरूको सुरक्षालाई लिएर कोलकाता मेट्रोको विशेष पहल, व्यस्त स्टेशनहरूमा कड़ा बन्दोबस्त
बड़ा दिनमा यात्रीहरूको सुरक्षालाई लिएर कोलकाता मेट्रोको विशेष पहल, व्यस्त स्टेशनहरूमा कड़ा बन्दोबस्त


कोलकाता, 25 दिसम्बर (हि. स.)। बड़ा दिनको अवसरमा यात्रीहरूको व्यापक भीड़लाई मध्यनजर गर्दै कोलकाता मेट्रो रेल प्रशासनले सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउने फसेला गरेको छ। यात्रीहरूको सुरक्षित एवं सुचारू आवागमन सुनिश्चित गर्नको लागि आज विशेष सुरक्षा लागू गरिएको छ।

मेट्रो सूत्र अनुसार एसप्लानेड, पार्क स्ट्रीट, मैदान, रवीन्द्र सदन, दमदम र दक्षिणेश्वर जस्ता व्यस्त मेट्रो स्टेशनहरूमा अतिरिक्त रेलवे सुरक्षा बल (आरपीएफ)-लाई तैनाथ गरिएको छ। महिला अनि बाल-बालिकाहरूको सुरक्षालाई ध्यानमा राख्दै पार्क स्ट्रीट मेट्रो स्टेशनमा पर्याप्त संख्यामा महिला आरपीएफ अधिकारी एवं जवानहरूलाई तैनाथ गरिएको छ। विशेष परिस्थितिसित भिड़्नको लागि पार्क स्ट्रीट, मैदान एवं एस्प्लानेड मेट्रो स्टेशनमा एउटा-एउटा स्पेशल टीमलाई स्ट्याण्डबाय फोर्सको रूपमा राखिएको छ। यसको साथै यी स्टेशनहरूको लागि एक क्विक रेस्पोन्स टीमलाई पनि तयार राखिएको छ ताकि कुनै पनि आपत स्थितिमा तुरून्तै कारबाही गर्न सकियोस्। लगातार निगरानी राख्नको लागि सेन्ट्रल कन्ट्रोल रूममा अतिरिक्त कर्मचारीहरूलाई ड्यूटीमा राखिएको छ। सबै प्रमुख स्टेशनहरूमा सीसीटीभी क्यामराको माध्यमबाट कड़ा निगरानी राखिँंदैछ।

पार्क स्ट्रीट मेट्रो स्टेशनमा भीड़ नियन्त्रणको लागि क्यु म्यानेजर, लाउड हेलर, डोरी अनि अन्य यात्री नियन्त्रण व्यवस्थाहरूलाई प्रयोग गरिनेछ। सुरक्षालाई अझ पुख्ता बनाउनको लागि स्निफर डगको माध्यमबाट खोजी अभियान संचालन गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande