
सिलगढ़ी, 25 दिसम्बर (हि. स.)। सिलगढ़ी नगरनिगमको वार्ड नम्बर- 15 अन्तर्गत हाकिमापाड़ा, बंकिमचन्द्र रो़ड क्षेत्रमा केही महिनाको अन्तारालमै पति-पत्नीको रहस्यमय मृत्यु भएको घटनाले कोकोहोलो मचाएको छ।
परिवारले दुवैको हत्या भएको आशंका व्यक्त गर्दै बिहीवार स्थानीय मानिसहरूको साथमा पानीट्याङ्की चौकीमा सामूहिक हस्ताक्षरयुक्त ज्ञापन सुम्पियो। ज्ञापनमा तत्काल एवं निष्पक्ष जाँच गरी दोषीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिने माग गरिएको छ।
आरोप छ, गत 27 अक्टोबरमा विमलांशु सरकारको अनि 21 दिसम्बरमा उनकी पत्नी गोपा सरकारको मृत्यु भयो, तर परिवारलाई नबताई रातो-रात उनीहरूको अन्तिम संस्कार गरियो। यसबाट शंका अझ गहिरो भएको छ। त्यसपछि आफन्तहरूले गत 22 दिसम्बरमा पानीट्याङ्की चौकीमा छोरा सौम्यदीप सरकार सहित अन्यविरूद्ध मामिला दर्ता गराए।
अनुमान लगाइँदैछ, जमीन विवादको कारणले यो हत्या गरिएको हुनसक्छ। घटनापछि छोरा भागेको छ। पुलिस जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा