
बाँकुड़ा, 28 दिसम्बर (हि.स.)। बाँकुड़ा जिल्लाको बिष्णुपुरमा चलिरहेको मेलामा गए शनिवार राती त्यसबेला स्थिति अनियन्त्रित भयो जतिबेला अभिनेता जीतको कार्यक्रममा ठूलो भीड़ उर्लियो। भीड़लाई नियन्त्रण गर्नमा पुलिसले कड़ा परिश्रम गर्नु पऱ्यो। स्थिति पूर्ण रूपमा अनियन्त्रित भएको थियो जसले गर्दा कार्यक्रम स्थलमा भागाभाग तथा तोड़फोड़सम्म भयो।
गत 23 दिसम्बरदेखि बिष्णुपुरमा शुरू भएको यो मेला राढ़ बंगालको कुटिर उद्योग, पर्यटन एवं सांस्कृतिक विरासतलाई प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो। मेला शुरू भएपछि शुरूआती दिनमा सबै सामान्य रूपमा चल्दै आएको थियो, तर गए शनिवार राती मेलाको सम्पूर्ण तस्वीर फेरियो। यदुभट्ट मञ्चमा अभिनेता जीत समेत अन्य कलाकारहरूको नृत्य-संगीत कार्यक्रम आयोजना गरिएको थियो। तय कार्यक्रम अनुसार राती लगभग साढ़े आठ बजे मञ्चमा कार्यक्रम शुरू भयो।
कार्यक्रमको आनन्द उठाउनको लागि बिष्णुपुर मात्र नभएर बाँकुड़ा जिल्लाका विभिन्न क्षेत्रहरूबाट ठूलो संख्यामा मानिसहरू मेलामा आएका थिए। कार्यक्रम जति-जति अगाड़ि बढ़्दै गयो उति-उति भीड़ पनि बढ़्दै गयो। भीड़लाई सम्हालन पुलिसलाई पनि कठिन भयो। ठेलमठेल शुरू भयो। केही क्षणमा कार्यक्रम स्थल युद्ध क्षेत्रमा परिणत भयो।
उत्तेजित दर्शकहरूको एक भागले मञ्च अगाड़िको ब्यारिकेडलाई भत्काइदियो। यसको साथै मञ्च सामु राखिएका सयकड़ौं कुर्सीहरूलाई भत्काएर तहस-नहस बनाइदियो। आरोप छ, वरिष्ठ नागरिक एवं महिलाहरूको लागि आरक्षित सीटहरूलाई पनि छोड़िएन। यस अतिरिक्त मेलामा रहेका दोकानहरूमा पनि तोड़फोड़ तथा लुटपाट भएको घटना सामु आएको छ। मञ्चमा झुण्डाइएको ब्यानर र फ्लेक्स पनि च्यातियो।
स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिसलाई हल्का लट्ठीचार्ज गर्नु पऱ्यो, तर यसबाट आक्रोश अझ बढ़्यो। पुलिसले घटनास्थलबाट केही मानिसहरूलाई अव्यवस्था फैलाएको आरोपमा हिरासतमा लियो तथापि पछि उनीहरूलाई व्यक्तिगत बन्डमा रिहा गरियो।
मेला आयोजकहरूको दाबी छ, यस अव्यवस्थाबीच पनि मुख्य कार्यक्रम प्रभावित भएन। अभिनेता जीत र अन्य कलाकारहरूले निर्धारित समयमा मञ्चमा प्रस्तुति दिएपछि सुरक्षित रूपमा कार्यक्रम स्थलबाट प्रस्थान भए। हाल प्रशासनले सुरक्षा व्यवस्थाको समीक्षा गर्न शुरू गरेको छ ताकि आगामी दिनमा यसतो घटनाको पुनरावृत्ति नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा