जीटीएको सहयोगमा खरसाङमा सुरभि परिवारको रजत जयन्तीमा किड्स म्याराथन आयोजित
Gta marathon


खरसाङ, 28 दिसम्बर (हि.स.)। खरसाङको वार्ड नम्बर 10 बुद्ध ग्राम आधारित सुरभि परिवारको रजत जयन्तीको अवसरमा आज किड्स म्याराथनको आयोजना गरियो। सुरभि परिवार र जीटीएको सहयोगमा आयोजित उक्त म्याराथनमा जीटीए प्रमुख कार्यपाल अनित थापा प्रमुख अतिथि थिए।

केटा र केटी गरी कुल चारवटा वर्गमा आयोजित म्याराथन खरसाङको मन्टिभियट खेल मैदानबाट शुरु भयो। जीटीए प्रमुख थापाको विशेष उपस्थितिमा क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान, सुरभि परिवारकी सभापति रिता प्रधान आदिको बाहुलीबाट झण्डा देखाएर म्याराथन शुरु गरिएको थियो।

यस किड्स म्याराथनमा‌ खरसाङ क्षेत्रका नानीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए। यस म्याराथन अन्तर्गत चारवटै वर्गका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमैले 5 हजार, 3 हजार र 2 हजार रुपियाँसहित मेडल, प्रमाण पत्र र टिसर्ट प्रदान गरियो। त्यसरी नै फिनिसिङ लाइनसम्म पुग्ने बाल बालिकाहरुलाई मेडल, प्रमाण पत्र र टिसर्ट प्रदान गरियो।

म्याराथन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले सुरभि परिवारको रजत जयन्तीको अवसरमा जीटीए प्रमुख अनित थापाको सहयोगमा‌ किड्स म्याराथनको आयोजना गरिएको बताए। उनले यस किड्स म्याराथनको उद्देश्य नानीहरुलाई शारीरिक रुपमा स्वस्थ राख्नु र खेलकूदप्रति रुची बढाउनु रहेको बताए। उनले अहिले नानीहरुको विन्टरको छुट्टी शुरु भएको र नानीहरुलाई मोबाइल फोनदेखि टाडा राख्नु पनि यस म्याराथनको उद्देश्य रहेको बताए।

कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पालाई सुरभि परिवारको तर्फबाट सम्वर्द्धना जनाइएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande