सड़क दुर्घटनामा व्यक्तिले गुमाए ज्यान
सड़क दुर्घटनामा व्यक्तिले गुमाए ज्यान


रि-भोई (मेघालय), 28 दिसम्बर (हि.स.) । रि-भोई जिल्लाको बर्नीहाट पुलिस आउटपोस्ट क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।

पुलिसले बतायो, आइतवार बिहान आउटपोस्ट क्षेत्रको 12 माइल निकट राष्ट्रिय राजमार्ग-6 को किनारमा खड़ा ट्रक (एपी-07टीएम -1279)-लाई पछाड़िबाट द्रूत गतिको बाइक (एएस-01ईएम-7813)- द्वारा ठक्कर दिइएको कारण बाइक चालकको घटनास्थलमै मृत्यु भयौ।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको बर्नीहाट पुलिस आउटपोस्टको टीमले मृत बाइक चालकको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि नग्पो सिभिल अस्पतालमा पठाइदिएको छ।

पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। अन्तिम सूचना पाउँदासम्म मृतकको पहिचान हुन सकेको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande