गुड़िरहेको मालवाहक लरीमा आगो लाग्यो, क्षेत्रमा कोकोहोलो
गुड़िरहेको मालवाहक लरीमा आगो लाग्यो, क्षेत्रमा कोकोहोलो


जलपाईगुड़ी, 28 दिसम्बर (हि. स.)। जिल्लामा गुड़िरहेको मालवाहक लरीमा भीषण आगो लागेको घटनाले क्षेत्रमा कोकोहोलो मचायो। घटना आइतवार सबेरै जलपाईगुड़ीको राष्ट्रिय राजमार्ग-31 स्थित गोशाला मोड़ र पहाड़पुर मोड़माझ महुतपाड़ा जोड़ा कलभर्ट क्षेत्रमा भएको हो।

प्रत्यक्षदर्शीहरू अनुसार, सड़कमा गुड़िरहेको लरीमा अचानक तीव्र विस्फोटसितै आगो बल्यो। उक्त विस्फोटको आवाजलाई सुनेर स्थानीय मानिसहरू डरले घटनास्थलमा पुगे। सम्पूर्ण क्षेत्रमा भाग-दौड़ मचियो। सूचना पाउनसाथ ट्राफिक पुलिस घटनास्थलमा पुग्यो अनि राष्ट्रि राजमार्गमा यातायातलाई नियन्त्रण गऱ्यो। यसबीच दमकल विभागलाई पनि सूचना दिइयो। सूचना पाएर दमकलका वाहनहरू घटनास्थलमा पुगे अनि आगोलाई निभाए। आगोको चपेटमा परी लरी पूर्ण रूपले क्षतिग्रस्त भएको छ। यस घटनामा लरी चालक र खलासी घाइते भएका छन् जसलाई जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।

पुलिस सूत्र अनुसार मालवाहक लरी बिहारदेखि गुवाहाटी तर्फ गइरहेको थियो। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। जलपाईगुड़ी थाना पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande