
श्रीनगर, 28 दिसम्बर(हि.स.)। जम्मू-कश्मीरमा वर्तमान आरक्षण नीतिविरूद्घ विद्यार्थीहरूको विरोध प्रदर्शनमा सामेल हुनदेखि रोक्नको लागि अधिकारीहरूले आइतवार पीडीपी प्रमुख महबूमा मुफ्ती र नेशनल कन्फ्रेन्सका सांसद आगा सैयद मेहदी सहित केही नेताहरूलाई घरमै नजरबन्द गरिदिए। अधिकारीहरूले बताए, महबूबा मुफ्ती, उनकी छोरी इल्तिजा मुफ्ती, श्रीनगरका सांसद रूहुल्ला मेहदी, पीडीपी नेता वहीद पारा तथा श्रीनगरका पूर्व मेयर जुनैद मट्टुलाई नजरबन्द गरिएको छ।
यो कदम यी नेताहरूद्वारा ती विद्यार्थीहरूप्रति ऐक्यबद्धता दर्शाइएपछि उठाइएको हो जसले आइतवार गुपकर रोडमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने योजना बनाएका थिए साथै मुख्यमन्त्री उमर अब्दुल्लाले यस मुद्दालाई सम्बोधन गर्नको लागि एउटा समिति गठन गरेको एक वर्षपछि कोटा नीतिलाई तर्कसंगत बनाउनमा ढिल्याई गरेको विरोधमा आन्दोलनमा सामेल हुने आफ्नो उद्देश्यको घोषणा गरेका थिए।
घटनाक्रममाथि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै पाराले भने, यो दुर्भाग्पूर्ण छ कि नेताहरूलाई प्रदर्शनकारी विद्यार्थीहरूको साथमा ऐक्यबद्धता दर्शाउनको लागि घरमै नजरबन्द गरिएको छ। नेशनल कन्फ्रेन्सका सांसद रूहुल्लाह मेहदीले गए शनिवार राती एक्समा एउटा पोस्ट गरी बताएका थिए, उनको आवास बाहिर सशस्त्र पुलिस बललाई तैनाथ गरिएको छ। के यो शान्तिपूर्ण विद्यार्थी-समर्थक प्रदर्शनलाई मौन गराउनको लागि गरिएको कारबाही हो। अर्कोतिर पाराले उमर अब्दुल्ला सरकारमाथि जम्मू-कश्मीरमा आरक्षणको मुद्दालाई हल गर्नको लागि शून्य चासो देखाएको आरोप लगाउँदै भने, वर्तमान कोटा नीति अस्तित्वको मामिला बनिसकेको छ। शनिवार राती एक्समा पोस्ट गरी उनले भनेका थिए, आरक्षण नीति एक अस्तित्वगत मुद्दा बनिसकेको छ जसले युवा पिँढ़ीको भविष्यको जगमाथि हमला गर्छ। पाराले एक्स पोस्टमा भने, दुर्भाग्यले यस सम्पूर्ण अवधिमा यस मुद्दालाई हल गर्नेप्रति सरकारद्वारा कुनै चासो देखाइएन जसले हाम्रा युवाहरूमा अनिश्चितता एवं चिन्तालाई बढ़ाइदिएको छ। पुलवामा विधायकले भने, आरक्षण रिपोर्टलाई सार्वजनिक डोमेनमा त राखिनुपर्थ्यो। पाराले भने, उमर अब्दुल्लाद्वारा गठित क्याबिनेट उप-समितिको रिपोर्टलाई रोक्ने कुनै औचित्य थिएन, सिफारिस उपराज्यपालको स्वीकृतिको लागि लम्बित भए पनि।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा