स्मीयर माइक्रोस्कोपीबाट छुट्सेछ केही टीबी केस : डा. आशुतोष दुबे
स्मीयर माइक्रोस्कोपीबाट छुट्सेछ केही टीबी केस : डा. आशुतोष दुबे


लखनऊ, 28 दिसम्बर (हि.स.)। ट्यूबरक्लोसिस (टीबी) -को लागिग सबैभन्दा अधिक उपयोग हुने डायग्नोस्टिक टेस्ट स्मीयर माइक्रोस्कोपीको सीमित संवेदनशीलताको कारणले ठूलो संख्यामा टीबीको मामिला पत्तो लाग्न सक्दैन। यस कुरामाथि अल इण्डिया इन्स्टीट्यूट अफ मेडिकल साइन्सेज (एम्स), गोरखपुरद्वारा गरिएको इन्टरनेशनल जर्नल अफ माइकोब्याक्टीरियोलोजीमा प्रकाशित हालैको अध्ययनमा बल दिइएको छ।

यो अध्ययनले स्मीयर माइक्रोस्कोपीमाथि लगातार निर्भरताको बारेमा चिन्ता उत्पन्न गराउँछ। विशेष गरी ती रोगीहरूमा जसमा ब्याक्टीरियाको लोड हुन्छ, बिमार प्रारम्भिक चरणमा हुन्छ, एक्स्ट्रा-पल्मोनरी टीबी हुन्छ, वा एचआईभी तथा डायबिटीज जस्तो सह-बिमारीहरू हुन्छ। यी समूहमा पारम्परिक डायग्नोस्टिक ढंगमा बिमारपत्तो नलाग्ने जोखिम अधिक हुन्छ जसबाट उपचारमा विलम्ब फलस्वरूप बिमार फैलिन्छ।

अध्ययन अनुसार 4,249 पल्मोनरी औ एक्स्ट्रा-पल्मोनरी नमूनाको विश्लेषणबाट पत्तो लाग्यो, स्मीयर माइक्रोस्कोपीले मात्र 4.3 प्रतिशत मामिलामा टीबीको पत्तो लगायो। यसको तुलनामा TrueNat माइकोबैक्टीरियम टीबी/रिफ्याम्पिसिन (आरआईएफ) टेस्टले 13.7 प्रतिशत नमूनामा इन्फेक्शनलाई चिन्हित गऱ्यो जसले यसको श्रेष्ठ संवेदनशीलतालाई दर्शाउँछ।

लखनऊ सिभिल अस्पतालका सीनियर टीबी रोग विशेषज्ञ डा. आशुतोष दुबेले आइतवार बताए, स्मीयर माइक्रोस्कोपी सस्तो र सहजै उपलब्ध हुने भए पनि यसको संवदनशीलता सीमित छ। विशेष गरी शुरूआती बिमारी, एक्स्ट्रा-पल्मोनरी टीबी, एचआईभी को-इन्फेक्शन वा डायबिटीज भएका रोगीहरूमा।

डा. आशुतोष अनुसार सही उपचार शुरू गर्न तथा अग्रिम संक्रमणलाई रोक्नको लागि औषधि प्रतिरोधको शुरूआती पत्तो लगाउन आवश्यक छ। उनले यस कुरामाथि बल दिए, पारम्परिक माइक्रोस्कोपीलाई मोलिक्यूलर डायग्नोस्टिक्ससित मिलाएर सीमित संसाधन वा बोझ भएको क्षेत्रमा टीबी नियन्त्रणका प्रयासहरूलाई धेरै सशक्त बनाउन सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande