
शोणितपुर (असम), 28 दिसम्बर (हि.स.)। बिहालीको बाघमारी क्षेत्रमा जिल्ला प्रशासनले व्यापक रूपमा अतिक्रमण हटाऔं अभियान संचालन गऱ्यो। यस अभियानको उद्देश्य 265 बिघा सरकारी भूमिलाई अवैध कब्जादेखि मुक्त गराउनु हो।
अभियान अवधि प्रशासनले बुलडोजरको सहयोगले अतिक्रमित भूमिमाथि निर्मित अवैघ ढाँचाहरूलाई ध्वस्त बनाइदियो। कानून-व्यवस्थालाई कायम राख्नको लागि घटनास्थलमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको थियो भने वरिष्ठ प्रशासनिक अधिकारीहरूले पनि अभियानको निगरानी गरिरहेका थिए।
प्रशासनिक अधिकारीहरूले शनिवार बताए, अतिक्रमणलाई हटाउने कारबाही सबै कानूनी प्रक्रियाहरूलाई पालन गरेर नै गरिएको हो। पहिलाबाटै सम्बन्धित मानिसहरूलाई नोटिस पनि जारी गरिएको थियो। अतिक्रमण मुक्त गराइएको भूमिलाई जनहित तथा विकासात्मक कार्यहरूको लागि उपयोग गरिने सम्भावना छ।
प्रशासनले स्पष्ट पाऱ्यो, सरकारी भूमिको सुरक्षा तथा अवैध कब्जामाथि रोक लगाउनको लागि यस किसिमको अभियान आगामी दिनमा पनि जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा