30 वटा दोकान आगलागीको चपेटमा, कड़ोरौं रुपियाँको नोक्सान
30 वटा दोकान आगलागीको चपेटमा, कड़ोरौं रुपियाँको नोक्सान


शिलंग, 28 दिसम्बर (हि.स.)। मेघालयको पूर्व जयन्तिया जिल्ला अन्तर्गत लडरिम्बाई बजारमा भीषण आगलागी भएको समाचार प्राप्त भएको छ। आगोले हेर्दा-हेर्दै 30 वटा दोकानहरूलाई आफ्नो चपेटमा लिएर खरानीमा परिणत गरिदियो।

पुलिसले आइतवार बतायो, लडरिम्बाईको रिम्बाई रोडस्थित बजारमा आगो लागेको खबर प्राप्त हुनसाथ अग्निशमन दल घटनास्थलमा पुग्यो। अग्निशमनको पाँच वटा दलले लगातार कड़ा परिश्रम गरेर आगोलाई आइतवार बिहान 5:00 बजीसम्ममा नियन्त्रण गऱ्यो।

आगलागीमा बजारको एक भागमा अवस्थित 30 वटा दोकानहरू पूर्ण रूपले जलेर नष्ट भएको छ। तथापि आगो कसरी लाग्यो यसको जानकारी थाहा पाउन सकिएको छैन। पुलिसले आशंका व्यक्त गरेको छ, शर्ट् सर्किटको कारणले आगो लागेको हुनसक्छ। यस घटनामा डेढ़ कड़ोर रुपियाँभन्दा अधिकको सम्पत्ति नष्ट भएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande