
कोकराझार (असम), 28 दिसम्बर (हि.स.)। कोकराझार जिल्लाको पर्वतझोरास्थित मदाती बजारमा गए राति भयंकर आगो लागेर क्षेत्रमा व्यापक खैलाबैला भयो। यस आगलागीमा हेर्दा-हेर्दै 8 वटा दोकानहरू खरानीमा परिणत भयो।
मदाती बजारमा भएको यस दुर्घटनामा 8 वटा मोटर साइकल सहित दोकानहरूमा राखिएको लगभग 30 लाख रुपियाँको सामानहरू जलेर पूर्ण रूपले नष्ट भयो। प्रभावित दोकानहरूमा किराना दोकान, मोटरसाइकल ग्यारेज, किताबको दोकान सहित आठ वटा दोकानहरू सामेल छन्।
घटनापछि मदाती क्षेत्रमा हाहाकारको स्थिति उत्पन्न भयो। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउने प्रयास गऱ्यो। काजीगाउँ पुलिस तथा स्थानीय मानिसहरूले लगभग चार घण्टासम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। स्थानीय मानिसहरूले आगो विद्युतको शर्ट सर्किटको कारणले लागेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। पुलिसले घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा