नक्कली सुन व्यवसायीलाई मुक्त गराउनको लागि भीड़ले गऱ्यो पुलिसमाथि हमला
नक्कली सुन व्यवसायीलाई मुक्त गराउनको लागि भीड़ले गऱ्यो पुलिसमाथि हमला


लखिमपुर (असम), 28 दिसम्बर (हि.स.)। लखिमपुर जिल्लाको बंगालमारा क्षेत्रमा त्यसबेला तनाउ फैलियो जतिबेला नक्कली सुन व्यवसायीलाई हिरासतमा लिन पुगेको पुलिस टीममाथि नै मानिसहरूको भीड़ले हमला गऱ्यो अनि आरोपीलाई बजलफ्ती मुक्त गरायो।

पुलिस प्रवक्ताले आइतवार बताए, बंगालमारा पुलिस चौकीको टीमले नक्कली सुनको व्यापारमा लिप्त बहारूल नामक व्यक्तिलाई हिरासतमा लिएको थियो। पुलिसले कारबाही गरेको सूचना पाउसाथ ठूलो संख्यामा स्थानीय मानिसहरू भेला भएर आरोपीलाई बचाउनको लागि पुलिसमाथि जाइ लागे।

क्षणभरमै स्थिति हिंसक भयो र उग्र भीड़ले पुलिसकर्मीमाथि हमला गऱ्यो। यस अवधि भीड़ले आरोपीलाई पुलिसको कब्जाबाट बलजफ्ती मुक्त गरायो।

हमलामा बंगालमारा पुलिस चौकीका प्रभारी अधिकारी गोकुल जयश्री गम्भीर रूपमा घाइते भए। यस अतिरिक्त एकजना पुलिस चालक पनि घाइते भएका छन्। दुवैलाई नजिकको अस्पतालमा भर्ती गरिएको छ।

घटना बारे जानकारी पाए लगत्तै पुलिस अधिकारीहरू घटनास्थलमा पुगे अनि अतिरिक्त पुलिस बललाई तैनाथ गरी स्थितिलाई नियन्त्रित गरियो। पुलिसले हमलामा सामेल मानिसहरूलाई चिन्हित गरिरहेको छ। दोषीहरू विरूद्ध कड़ा कारबाही गर्ने पुलिसले बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande