मेदिनीपुरमा 'मन की बात', कार्यकर्ताहरूमा चुनावी उत्साह
मेदिनीपुरमा 'मन की बात', कार्यकर्ताहरूमा चुनावी उत्साह


मेदिनीपुर, 28 दिसम्बर (हि. स.)। आगामी पश्चिम बंगाल विधानसभा चुनाउलाई लिएर राजनीतिक औ संगठनात्मक सक्रियताबीच आइतवार मेदिनीपुर नगर मण्डल–एक अन्तर्गत आठ नम्बर वार्डको 166 नम्बर बूथमा यशश्रीको पहलमा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रिय रेडियो कार्यक्रम “मन की बात”-लाई सुन्ने आयोजन जोश, ऊर्जा औ उत्साहको साथमा गरियो।

कार्यक्रममा जिल्ला भारतीय जनता पार्टी (भाजपा)- का सह-उपाध्यक्ष डा. शंकर गुछायत, पुलकेश चौधुरी, शक्ति केन्द्र प्रमुख गणेश मल्लिक, कूहेली दत्त, अभिजीत विश्वास सहित अनेकौं भाजपा कार्यकर्ता औ स्थानीय नागरिकहरू ठूलो संख्यामा उपस्थित थिए। कार्यक्रम स्थलमा आगामी चुनाउलाई लिएर कार्यकर्ताहरूमा विशेष उत्साह एवं संकल्प देख्न पाइयो।

प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधनलाई उपस्थित सबै मानिसहरूले एकाग्रताको साथमा सुने। प्रधानमन्त्रीले आफ्नो सन्देशमा राष्ट्र निर्माण, सामाजिक चेतना, आत्मनिर्भर भारत औ सशक्त लोकतन्त्रमाथि बल दिए जसबाट कार्यकर्ताहरूमा नयाँ ऊर्जा सञ्चार भयो।

यस अवसरमा जिल्ला भाजपाका सह-उपाध्यक्ष डा. शंकर गुछायतले भने, “मन की बात” एउटा रेडियो कार्यक्रम मात्र होइन जबकि प्रधानमन्त्री नरेन्द्र मोदीको आम जनमानससित सोझो सम्वाद पनि हो। आगामी बंगाल विधानसभा चुनाउमा यही विचार, यही राष्ट्रवादी सोच तथा विकासको सन्देशले भाजपालाई मजबुत बनाउनेछ। कार्यकर्ताहरूले बूथ स्तरसम्म सक्रिय भएर यस सन्देशलाई हरेक घरमा पुऱ्याउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande