
अलिपुरद्वार, 28 दिसम्बर (हि. स.)। अलिपुरद्वार जिल्लाको शामुकतला क्षेत्रमा एकजना साधुको रहस्यमय मृत्युलाई लिएर खैलाबैला शुरू भएको छ। शामुकतला थाना अन्तर्गत लालपुर श्मशान घाटस्थित काली मन्दिरमा बस्ने साधुको निर्वस्त्र शव श्मशान घाटदेखि लगभग एक किलोमीटर टाड़ा मिापाड़ा निकट धारसी नदीमा भेटियो। मृत साधुको पहिचान महेन्द्र सूत्रधरको रूपमा भएको छ।
स्थानीय सूत्र अनुसार साधु लगभग 6 महिना अगाड़ि तूफानगञ्जदेखि लालपुर श्मशान घाटस्थित काली मन्दिरमा आएका थिए। मन्दिर परिसर नजिकै निर्मित एउटा कोठामा उनी एक्लै बस्दै आइरहेका थिए। घटनाबारे जानकारी पाउनसाथ मानिसहरू साधुको कोठामा पुगे जहाँको दृश्य देखेर सबै चकित परे।
भनिन्छ, उनको कोठा पूर्ण रूपले अस्तव्यस्त थियो। दुईवटा कोठाको ढोका भित्रबाट बन्द थियो भने झ्याल खुल्लै थियो। यसबीच मियापाड़ा क्षेत्र भएर बग्ने धारसी नदीमा स्थानीय मानिसहरूले एकजना निर्वस्त्र शवलाई देखे जसको पहिचान पछि साधु महेन्द्र सूत्रधरको रूपमा भयो।
आइतवार बिहान लगभग 8:30 बजे शवलाई नदीमा देखियो जसपश्चात स्थानीय मानिसहरूले तुरून्तै शामुकतला थानामा सूचना दिए। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई नदीबाट निकालेर शामुकतला प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। स्थानीयहरूको भनाइ छ, उनीहरूले साधुलाई एक दिनअघि पनि यस क्षेत्रमा देखेका थिए।
एकजना व्यक्तिले दाबी गरे, साधुले गत शुक्रवार राती उसको घरमा भोजन गरेका थिए। यी परिस्थितिहरूलाई मध्यनजर गर्दै मानिसिहरू सलाई सामान्य मृत्यु मान्न तयार छैनन् र हत्या भएको आशंका व्यक्त गरिरहेका छन्। मानिसहरूले मामिलाको निष्पक्ष जाँच गर्नुपर्ने माग गरेका छन्। अर्कोतिर पुलिस मामिलाको जाँचमा जुटिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा