किशोरी घरबाट 20 हजार नगदी र लाखौंको गहना लिएर बेपत्ता
किशोरी घरबाट 20 हजार नगदी र लाखौंको गहना लिएर बेपत्ता


महोबा, 28 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको महोबा जिल्लाको खन्ना थाना क्षेत्र अन्तर्गत एक किशोरी आफ्नो घरबाट 20 हजार नगदी र 1.5 लाख रुपियाँभन्दा बढ़ी मूल्यका गरगहना बोकेर बेपत्ता भएकी छे। हराएकी बालिकाका पिताले छिमेकीमाथि छोरीको अपहरण गरेको आरोप लगाएका छन्। पुलिसले मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।

खन्ना थाना प्रभारी अर्जुन सिंहले आइतवार बताए, उक्त क्षेत्रको एक गाउँका बासिन्दा पिताले आफ्नो उजुरीमा 25 दिसम्बरमा परिवार खाना खाइसकेपछि आफ्नो कोठामा सुत्न गएको बताएका छन्। भोलीपल्ट बिहान उठ्दा उनकी 16 वर्षीया छोरी घरबाट बेपत्ता थिइन्। विस्तृत खोजीपछि पनि उसलाई फेला पार्न सकिएन। सोधपुछ गर्दा छिमेकी अशोकले उनकी छोरीलाई भगाएको पत्तो लाग्यो। पीड़ितको उजुरीमा उनकी छोरीले डेढ़ लाख रुपियाँभन्दा बढी मूल्यका गरगहना र 20 हजार रूपियाँ नगदी लगेको उल्लेख छ। यस सम्बन्धमा मुद्दा दर्ता गरिएको छ र जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande