प्रेम विवाह गरेकै मन्दिरको रूखमा झुण्डिरहेको अवस्थामा भेटियो विवाहित जोड़ीको शव
प्रेम विवाह गरेकै मन्दिरको रूखमा झुण्डिरहेको अवस्थामा भेटियो विवाहित जोड़ीको शव


— पुलिस हत्या औ आत्महत्याको रहस्य सुल्झाउन जुटेको छ

सीतापुर, 28 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको सीतापुर जिल्लामा एक विवाहित जोडीको शव त्यै मन्दिरको रूखमा झुण्डिरहेको अवस्थामा भेटियो जहाँ गत 7 दिसम्बरको दिन यी दुईले प्रेम विवाह गरेका थिए। उनीहरूले यसरी विवाह गरेको 21 दिन मात्र बितेको थियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले जाँच गरी शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। सीओ सदर नेहा त्रिपाठीले पनि घटनास्थलमा पुगेर निरीक्षण गरिन्।

सीओले बताइन्, लहरपुर थाना अन्तर्गत बस्ती पुरवाका खुशीराम (22) र मोहिनी (20)- को शव अनियापुर गाउँको एक मन्दिर परिसरमा अवस्थित एउटा पुरानो रूखमा झुण्डिरहेको अवस्थामा भेटिएको छ। घटनास्थलबाट कुनै पनि प्रकारको सुसाइड नोट फेला परेन।

यिनीहरूको बारेमा ग्रामीणहरूबाट थाहा लागे अनुसार यी दुईले एका-अर्कालाई प्रेम गर्दथे, त्यसैले यिनीहरूले गत 7 दिसम्बरको दिन यसै मन्दिरमा प्रेम विवाह गरेका थिए। त्यसपछि दुई परिवारबीच तनाउ व्याप्त भएको थियो। हाल यस मामिलामा परिवारका सदस्यहरू बोल्न तयार छैनन्। तथापि गाउँमा चर्चा एवं हरेक व्यक्तिको मुखमा एउटै प्रश्न छ, के यो साँच्चै नै आत्महत्या थियो कि यी दुईको बलजफ्ती प्राण लिइएको हो?

सीओले बताइन्, दुवै शवको खुट्टाले जमीन छोइरहेको थियो। शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाएर पुलिसले सबै बिन्दुहरूको जाँच गरिरहेको छ। चाँड़ै नै यस मामिलाको खुलासा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande